लालझाडि गाउँपालिकाले सुत्केरि महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेकाे छ । कार्यपालिकाकाे पहिलाे बैठक बाट पालिका भित्रका स्वास्थ्य संस्थामा जान र स्वास्थ्य संस्थाबाट रिफर भै प्रदेश भित्रका स्वास्थ्य संस्थामा जान निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेकाे पालिका प्रवक्ता आशाराम रानाले बताए ।
कार्यपालिकाले वडा २ का अध्यक्ष आशाराम राना लाई प्रवक्तामा चयन गरेकाे बताए ।
यसैगरि बिषयगत समितिहरु समेत चयन गरेकाे छ । स्राेत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयाेजकमा अध्यक्ष निर्मल राना, स्थानिय राजस्व निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमा समिति संयाेजकमा सपना चाैधरि, आर्थिक बिकास समिति संयाेजकमा प्यारे लाल राना, सामाजिक बिकास समिति संयाेजकमा आशाराम राना, पुर्वाधार बिकास संयाेजकमा वडा ५ का अध्यक्ष पहल बहादुर थापा, संस्थागत बिकास तथा सेवा प्रवाह समिति संयाेजकमा वडा ६ का अध्यक्ष हर्कनारायण जाेशी, बित्तिय ब्यावस्थापन र सुसाशन समितिमा बहादुर राना रहेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया