Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ०३ गते शुक्रबार

दिक्षान्त समाराेहमा महेन्द्रनगर पुगेका प्रधानमन्त्री र शिक्षामन्त्री लाई बिध्यार्थि संगठनकाे ज्ञापन पत्र ।

कञ्चनपुरका विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा मन्त्री देबेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएकाे अनेरास्ववियु ( क्रान्तिकारीका) जिल्ला अध्यक्ष कैलास चन्द्र गिरिले बताएका छन् । शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन् महेन्द्रनगर पुगेका देउवा र पौडेललाई विद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन ।

विश्वविद्यालयमा समायोजन भएका क्याम्पसका प्राध्यापक र कर्मचारीलाई कुनै प्रक्रिया पूरा नगरी सेवा आयोगलाई समेत वेवास्ता गरेर विनिमय ११ (१) ख, विनिमय ५ (घ) र ५ (घ) १ संसोधनका लागि लगिने प्रस्ताव खारेज गर्नुपर्ने, विश्वविद्यालयको समायोजनलगायतका विषयमा गठित गणेशमान गुरुङ र भीमप्रसाद सुवेदीको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विद्यार्थीहरुको माग  रहेकाे बिध्यार्थि नेता रमेश पन्तले बताएका छन ।

यसैगरी, विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी सेवा आयोगमार्फत खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने, विश्वविद्यालयलाई आर्थिक भार हुने गरी दरबन्दी स्वीकृत विना अनावश्यक रुपमा नियुक्त गरिएका पदाधिकारीको नियुक्ती खारेज गर्नुपर्ने, विश्वविद्यालयमा अहिलेसम्म भएका

बेथितिको छानविन गरी संलग्न पदाधिकारीलाई कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने विद्यार्थी संगठनहरुको माग रहेकाे अनेरास्ववियु जिल्ला अध्यक्ष कमल राेकायाले बताए । 

ज्ञापनपत्रमा अनेरास्ववियुका अध्यक्ष कमल रोकाया र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष कैलाशचन्द्र गिरीलगायतको हस्ताक्षर रहेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>