Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार ०३ गते शुक्रबार

कंचनपुरका स्थानिय तहका पदाधिकारि लाइ जनपक्षिय रुपले काम गर्न देउवाकाे निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न काँग्रेस निकट जनप्रतिनिधीलाई निर्देशन दिनुभएको छ । 

शुक्रबार नेपाली काँग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताको विश्वास लिएर काम गर्न काँग्रेस निकट जनप्रतिनिधीलाई निर्देशन दिनुभएको हो । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राजनीतिक दलको काम जनताको सेवा गर्ने भएकाले जनपक्षीय काम गर्न आब्हान गर्नुभयो । ‘जनप्रतिनिधीलाई थप जिम्मेबारी आएको छ, ‘प्रधानमन्त्री देउवाले भने, ‘इमान्दारितापुर्वक जनताको पक्षमा काम गर्नुहोला ।’ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले जनतासंग मिठो बोलेर काम गर्न आब्हान गर्नुभयो ।’ 

अर्का केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले जनताको काममा अहोरात्र खटिन आब्हान गर्नुभयो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा सहभागि हुन शुक्रबार बिहान कञ्चनपुर आएका हुन । काँग्रेस जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा उप सभापति मिन बहादुर सिहले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको संचालन सचिव भीम भट्टले गरेका थिए । कार्यक्रममा जिल्लाभरीका काँग्रेसकाबाट निर्वाचित जनप्रतिनिधी, नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>