Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०४ गते शनिबार

वन कर्मचारि, सामुदयिक बन पदाधिकारि र फर्निचर उधाेगकाे मिलाेमताेमा काठ हिनामिना भएकाे आराेप ।

भिमदत्त नगरपालिका ९ ब्रह्मदेव मा रहेकाे ब्रह्मदेव बन सव डिभिजन अन्तर्गत बैजनाथ सामुदायिक बनमा काठ हिनामिना भएकाे स्थानियकाे आराेप छ ।

सामुदायिक बन बाट सालकाे काठ ३३ गाेलिया ३६८.८९ क्युबिक फिट, दाउरा ०:१८ चट्टा र बिजयसाल गाेलिया १ थान ७.७५ क्युबिक फिट काठ बनका अध्यक्ष किसन नाथ समेत स्थानिय गाेपान्जल फर्निचर उधाेगका बिनाेद भट्ट समेतकाे साधन प्रयाेग गरि बन बाट सिधै फर्निचर उधाेग परिसरमा राखेकाे देखिएकाे छ ।

बन सब डिभिजनका अनुसार काठ काट्दा सकभर बनकाे अनुमति लिने चलन रहेकाे छ, बाध्यता भने छैन । काट काटेर धाटगद्दिमा जम्मा गर्नुपर्ने, बनका उपभाेक्ता र  पदाधिकारि बसेर काठ उपभाेक्ता लाई निर्णय अनुसार रकम लिई बिल काटि बिक्रिबितरण गर्नु पर्ने र उपभाेक्ताले आफ्नाे प्रयाेगकाे काठ किनेर लग्न पाउने ब्यावस्था रहेकाे बताउछन ।

तर बन अध्यक्ष समेतले काचाे काठ सिधै काटेर जरा समेत उखेलेर फर्निचर उधाेगमा पुर्याएका  स्थानियले उजुरि तथा बिराेध भएपछि उपभाेक्तालाई काठ दिएर चुप लाग्न भनेकाे र बन र अख्तियार सम्म उजुरि दिएपछि पनि बनले कागजात नियन्त्रणमा नलिएका कारण साे काठ क कस्लाई बेचेकाे हाे साे काे बिवरण पछिकाे मितिमा मिलाई रहेकाे स्थानियकाे आराेप छ ।  यश बिषयमा सब डिभिजन प्रमुख प्रकाश जाेशी संग कुरा गर्दा उनले मान्छे कता खाेज्नु कार्यालय बन्द थियाे, घर घर कहाँ खाेज्ने कागजात कहाँ राखेकाे हुन्छ भन्ने कुरा गरेका छन । भने उनकै हस्ताक्षरमा बैजनाथ सामुदायिक बन उपभाेक्ता समुहलाई सबै बिवरण सहित कागजात सक्कलै बुझाउन भनिएकाे छ तर ५ दिनकाे समय दिईएकाे छ । कार्यालय बन्द देखेर कागजात जफत गर्न नसकेका कर्मचारिले ५ दिनकाे समय किन राखे त्याे बन देखि सब डिभिजन पुग्न १२-१५ किलाेमिटरमा ५ दिन लाग्दछ कि ? काजजात मिलाएर आउन भनेर यतिकाे समय दिएकाे हाे स्थानियकाे आराेप छ ।

बनका अध्यक्ष नाथ संग तपाईले ठिक रुपमा काठ बेचेकाे हिनामिना नगरेकाे भए ती निर्णय तथा बिलहरु काे प्रतिलिपि दिनसक्नुहुन्छ भनेर सबृद्धि पाेष्टले कुरा राख्दा  हिजाे  असार ३ गते साझ दिन्छु भने तर आज समाचार तयार पार्दा सम्म दिएनन स्थानिय उपभाेक्ताले भने अनुसार वहा आफुभाथि लागेकाे आराेपकाे सफाई गर्ने अवस्थामा नभएकाे र कागजपत्र मिलाउने काम गरिरहेका छन कि भन्ने देखिएकाे छ । सव डिभिजन बनले सक्कल कागजपत्र सहित खुलाइ पठाउन असार १ गते दिएकाे पत्रकाे समेत जवाफ अहिले सम्म आएकाे छैन ।

यसैगरि फर्निचर उधाेग संग तपाईले चिर्न नमिल्ने काठ कसरी तपाईकहा पुग्याे भन्दा बनकाे  घाटगद्दिमा चाेरि हुन सक्ने हेर्ने मानिस पनि नभएकाे र म संग स्राेत साधन भएकाेले उपभाेक्ताकाे काठ मेरै साधनमा मेराे खेतमा ल्याएर राखेकाे बनकाे अनुमति ल्याएपछि मेरै साधनमा बजार तिर चिर्न लग्ने बताए ।
स्थानियहरुले काठ आफै चिर्ने र बेच्ने प्रयाेजनकाे लागि काठ जममा गरेकाे हाे, उपभाेक्ता देखाउने दात मात्र हुन जाे उपभाेक्ता बिराेध गर्छ त्यसलाई काठ दिएर चुप लगाउने गरेकाे बताउछन ।नभए उपभाेक्ता आफ्नाे काठ घर लग्नु छाेडेर मिलमा किन पुर्याउछन र अनुमति लगि चिरान गरेर काठ प्रयाेग गर्ने थिए । याे सब बन डिभिजन, बन पदाधिकारि र फर्निचर मालिककाे मिलाेमताेमा काठ हिनामिना गर्ने तरिका रहेकाे स्थानिय बताउछन ।भिडियाे https://youtu.be/nXcSN1ilw9E

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>