Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०५ गते आइतबार

भिमदत्तनगरिालिकाले जारि गरेकाे श्वेत पत्र यस्ताे छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको आर्थिक श्वेत पत्र जारी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नगरको केही बिषयका बारेमा श्वेत पत्र जारी गरेको हो ।

श्वेत पत्रमा निम्न कुराकाे जानकारि दिएकाे छ
- श्रोत(बजेट) को सुनिश्चितता नभइ वोलपत्र आव्हान गरी ठेक्का पट्टा गरिएको ।
- पटक पटक ठूलो आकारमा रकमान्तर गरिएको ।

- श्रोतले धान्नै नसक्ने किसिमका आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (DPR) ) बनाउन रकम खर्च गरेको ।

- नगरपालिकाको आन्तरिक स्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना गर्दा नगरपालिका लाई थप व्यय भार पर्न गएको ।

- इन्धन र मर्मत खर्चमा मितव्ययिता तथा पारदर्शिता नअपनाएको ।
- विकास निर्माणका काम ठूलो मात्रामा कोटेशन बाट गराइएको ।

यसरी के कति ठेक्कामा सुनिश्चितता नभएकाे, कति रकम कुन शीर्षक बाट कहाँ रकमान्तर भएकाे,  कति डपिआर कति रकमकाे कहाँ कहाँ भएकाे र इन्धन र मर्मतमा कस्ताे पारदर्शिता हुन नसकेकाे, बिकास निर्माणमा काेटेशन बाट कति रकमका कति निर्माण भएका छन यस्काे सम्पुर्ण बिवरण भने आउन सकेकाे छैन भन्ने बिषयमा खुलाएका छैनन भने कर्मचारि संयन्त्र बाट परेकाे भार कम गर्न संगठन सर्बेक्षण गर्ने र औचित्यका आधारमा दरबन्दि पुनरावलोकन गरिने जानकारी दिएका छन ।

यस्तै नगरपालिका को तिर्नु बाँकी नियम संगत रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुँदा यसका लागि संघ तथा प्रदेश सरकार संग पहल गर्दै वित्तीय दायित्व लाई क्रमशः घटाउँदै आवश्यक निर्माणका कार्यक्रमहरु संचालन गर्दै जाने । नगरभित्र भएका अनियमितता लाई छानविनको दायरामा ल्याई पारदर्शिता तथा सुशासन कायम गर्ने, पुर्ववर्ति सरकारका असल कामलाई निरन्तरता दिने, भ्रष्टाचारमा शून्य सहनसिलता नीति अपनाइने र सबै वडामा सहज सुलभ सेवा दिने बिषय उल्लेख गरेका छन ।
यसैगरि थप बिषयहरु आगामि नीति तथा कार्यक्रम असार ७ गतेकाे नगर सभापछि जानकारि गराउने नगर प्रमुख पदम बाेकटिले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>