Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०७ गते मङ्गलबार

रिपोर्टिङका क्रममा समातिएका पत्रकार रनि बिवस छुटे, गल्ति नदाेहर्याउने जिल्ला प्रहरि प्रमुखकाे प्रतिबद्धता

प्रहरीले ज्यादती गर्दै नियन्त्रणमा लिइएका पत्रकार रनि विवशलाई हाजिरी जमानतमा छोडिएको छ । सोमबार अलकत्रा पोल्ने गाडीमा भएको आगजनीको समाचार संकलनमा गएका पत्रकार विवशमाथि ज्यादती गर्दै प्रहरीले राति करिव १० बजे नियन्त्रणमा लिएको थियो ।

शान्ती सुरक्षामा खलल् पुर्याएको आरोप लगाउँदै पक्राउ पूर्जि जारी गर्दै प्रहरीले उनलाई २ घण्टा हिरासतमा राखेर जमानतमा छाडेको हो । यस घटनाप्रति पत्रकार महासंघ कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गर्दै खेद प्रकट गरेको छ ।

‘आगलागी सम्बन्धि रिर्पोटिङ गरिरहेको क्रममा सार्वजनिक शान्तिको बिरुद्ध अपराध गरेको आरोप लगाउँदै विना कारण प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ,' विज्ञप्तीमा भनिएको छ, 'समाचार संकलनको दौरान घटनास्थलमा उपस्थित पत्रकारले आफ्नो परिचय दिदा दिदै प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले विना कारण पक्राउ गरिएको घटनाले राज्यले शान्ति सुरक्षा गर्नुको सट्टा स्वंयम आतंक फैलाउने कार्यमा उद्धत भएको महसुस भएको छ ।'

घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न समेत पत्रकार महासंघले माग गरेको छ । घटनाको छानविन गरि घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाही गर्ने कञ्चनपुरका एसपी श्यामप्रसाद चौधरीले बताए । 'अब यस्ता घटना हुँदैनन्, यस विषयमा छानविन गरि दोषिलाई कारबाही गर्छौ,' उनले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>