Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०७ गते मङ्गलबार

पुर्नवासमा माेटरसाईकलकाे ठक्कर बाट २ बर्षे बालककाे मृत्यु
साङ्केतिक तस्बिर

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन निवासी केशव राना मगरका कान्छा छोरा २ वर्षीय मनिष राना मगर मंगलबार मोटरसाइकलको ठक्करबाट घाइते भए लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार सोही वडाको ङ गाउँ बस्ने १७ वर्षीय मनिष सुनुवारले चलाएको यु पी ३१ के ८१३० भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । सडक छेउमा खेलिरहेका बालकलाई तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ । मोटरसाइकल चालक मनिष सुनुवारलाई फरार हुँदै गर्दा भारतीय सीमा नजिकबाट र पछाडि सवार लक्ष्मण सुनुवारलाई घटनास्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनु भयो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>