Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०८ गते बुधबार

भिनपा ६ काे वडा अध्यक्षकाे कार्यकक्षमा वडा सदस्य सुतेकाे अवस्थामा

गत बैशाख ३० मा सम्पन्न भएको निर्वाचनबाट नयाँ जिम्मेबारीमा आएका केही जनप्रतिनिधी जोस, जाँगरका साथ निर्वाचित भएपछि जनताको घर दैलोमा पुगेर विकास निर्माण एव जनताका सुखदुखमा जुटिरहेका छन ।

भीमदत्त नगरका केही जनप्रतिनिधी भने कार्यालयमा पुगेर सोफासेटमै सुतिदिन्छन । भीमदत्त नगरपालिका ६ की वडा सदस्य शारदा देवी विश्वकर्मा वडाध्यक्ष महेन्द्र खडकाको कार्यकक्षमा सुतेकी छिन ।

स्रोतका अनुसार वडाध्यक्ष खडका कार्यालय बाहिर गएका बेला उनी जनताको काम भन्दा निन्द्रालाई प्यारो मानेर सुत्दै आएकी छिन । सरकारी कार्यालय सुत्नका लागि हो कि, जनताको सेवाका लागि राखिएको सेवाग्राहिकाे आराेप छ ।

चुनाव जितेको हुर्मतले सरकारी कार्यालयमा दिउँसै सुतेर घरजस्तो बनाएको भन्दै उनको स्थानीय सेवाग्राहीले आलोचना गरिरहेका छन ।

चुनाव अघि रातदिन जनताको घरदैलोमा जाने र चुनाव जितेपछि जनताको काम भन्दा पनि कार्यालयमै सुतेर टाईमपास गर्ने जनप्रतिनिधीको कार्यप्रति नागरिक रुष्ट रहेका छन ।

यस बारेमा वडाध्यक्ष महेन्द्र खडकाले आफ्नो कार्यकक्षमा वडा सदस्य सुतेको बारे थाह नभएको, याे कुरा आएपछि वडाका कर्मचारि लाई साेद्धा वहाहरुले सुतेकाे नदेखेकाे बताए, सदस्यकाे फाेन उठेन आफू वडाकाे उत्तरि भागमा नालि निर्माण भएकाे ठाउमा निरक्षणमा आएकाे छु ती वडा सदस्य बिरामि पनि थिए साेफामा लडेकाे वा पल्टिएकाे हुन सक्ने बताए । यदि सुतेकै भए वडा सदस्यलाई बोलाएर सचेत गराउने बताए । वडा सदस्य कार्यालयमा सुतेको देखेर सेवाग्राहीले फोटो खिच्दै सार्वजनिक गर्दै उनको बिरोध गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>