Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ असार ०८ गते बुधबार

सामुदायिक तथा निजि विद्यालयका ५ देखि ११ वर्षका बालबालिका लाई लक्षित गर्दै भोलि देखि खोप सेवा सञ्चालन

सहयात्रा नेपाल कञ्चनपुरको आर्थिक सहयोगमा कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा सामुदायिक तथा निजि विद्यालयका शिक्षक संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कृष्णपुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक र निजि विद्यालयका शिक्षकलाई कोभिड-१९ फाइजर - बायोएनटेक खोप सेवा सञ्चालनका लागि लक्षित उमेर समुह ५ देखि ११ वर्षका बालबालिका लाई खोप सेवा दिइने छ। खोप सेवा कार्यक्रम संचालन गर्न का लागि कार्यतालिका तय गरेको हुँदा त्यसैको पुर्व सन्ध्यामा बुधबार कृष्णपुर नगरपालिकाको सभा हलमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो।

सामुदायिक तथा निजि विद्यालयमा खोप लगाउने कार्यक्रम भोलि असार ९ गते बिहिवार देखि कञ्चनपुर जिल्ला व्यापीरुपमा कोभिड-१९ को फाइजर - बायोएनटेक खोप सेवा सञ्चालन हुने सहयात्रा नेपाल कञ्चनपुरका कोभिड-१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंहले बताएका छन् । उनले भने' असार ८ गते आज बुधबार अभिमुखिकरण कार्यक्रममा कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालयका शिक्षक लाई फाइजर-बायोएनटेक खोप सेवा सञ्चालन बारेमा अभिमुखिकरण गर्नु भएको थियो।

अभिमुखिकरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्ट , सामुदायिक तथा निजि विद्यालयका प्रतिनिधि , सहयात्रा नेपालका कोभिड-१९ रेसपोन्स अफिसर धर्मेन्द्र सिंह, कोभिड- १९ कन्सलटेन्ट कमल जागरी र पत्रकार लगायतको उपस्थिति रहेको थियो। सहयात्रा नेपालले सामुदायिक क्षेत्रमा अग्रसर रहदै विगत लामो समयदेखि कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>