Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
बझाङ
२०७९ असार ०९ गते बिहिबार

दुर्गाथलि गाउँपालिकाले आफ्नै डाक्टर उत्पादन गर्ने ।

"शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति र पूर्वाधार,समुन्नत दुर्गाथलीको मूल आधार" भन्ने नाराका साथ बुधबार दुर्गाथलि गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

पालिकाकाे ११ औं गाउँसभा (दाेस्राे कार्यकालका लागि नयाँ नेतृव चुनिए पछिकाे पहिलाे नीति ) २०७९/०८० काे बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

नीति तथा कार्यक्रम सार्वजनिक गरेका पालिका अध्यक्ष दिल बहादुर थापा तुफान ले पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव भईरहने, पालिका वासिले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको दुखान्त लाई दृष्टिगत गरि "आफ्ना गाउँमी आफनई डाक्टर" नाराका साथ यसै आ.व. बाट "अध्यक्ष छात्रवृत्ती कार्यक्रम" लागु गरिने छ । अध्यक्ष छात्रवृत्ती कार्यक्रम अन्तर्गत दुईवर्ष यस पालिकामा सेवा गर्ने सर्तमा, मेरिटका आधारमा, कार्यविधि अनुसार MBBS अध्ययनका लागि २०-२० लाखका दरले दुईजना विद्यार्थीलाई छात्रवृत्ती दिन वजेटको व्यवस्था गरेकाे बताए ।

यस्तै गरि बिकट वडाहरु ५,६ र ७ का लागि एम्बुलेन्स ब्यास्था गर्ने, जनयुद्ध तथा जनआन्दोलनमा ज्यान आहुति गर्नुहुने महान सहिद परिवारहरुलाई यसै

आ.व. बाट महिनाको तिन हजार (रू. ३,०००।-) का दरले निर्वाह भत्ता दिने जनयुद्ध तथा जनआन्दोलनका घाईते योद्धाहरुलाई महिनाको एक हजार पाँचसय ( रु. १,५००) का दरले निर्वाह भत्ता दिने, सुत्केरि महिला लाई एम्बुलेन्समा ५०% छुट र ७० बर्ष माथिका लाई निशुल्क एम्बुलेन्स ब्यावस्था गर्ने कार्यक्रममा उल्लेख छ ।

कृर्षिमा आत्मनिर्भर बनाउने, गुणस्तरिय निरेमाणका लागि भिडियाे रेकर्ड, घर नक्सा, बिधुकरण, कृर्षि हाट बजार, "विषादीमुक्त दुर्गाथली" को नीति अवलम्बन गरि अर्गानिक खेतीमा जोड, समाजवाद उन्मुख लोककल्याणकारी राज्यको अवधारणा बमोजिम सरकारले उपलब्ध गराउदै आएको "सामाजिक सुरक्षा भत्ता लाई घुम्ति बैंक सेवा" मार्फत वडाको केन्द्रमा वितरण गर्न ब्यवस्था गर्ने लगायत काे ब्यवस्था का बारेमा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>