Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०९ गते बिहिबार

कंचनपुर उधाेग वाणिज्य संघकाे अध्यक्षमा बरिष्ट उपाध्यक्ष जाेशी आकाक्षी

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।

वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन । 

जोेशीले वाणिज्यसंघमा सदस्यदेखि बरिष्ठ उपाध्यक्षको जिम्मेबारी निर्वाह गरेसकेका छन । प्राकृतिक न्यायको सिद्धान्त अनुरुप पनि बरिष्ठ उपाध्यक्षले अध्यक्षमा दावि गर्नु, आँकाक्षा राख्नु र चुनावमा होमिन स्वभाविक भएको भन्दै आम व्यवसायीले यस पटक बरिष्ठ उपाध्यक्षको समेत जिम्मेबारी सम्हालीसकेका जोशीलाई सर्वसम्मतको पक्षमा देखिएका छन । 

०७६ देखि ०७८ सम्म लगातार कोरोना महामारीका धरासायी बनिरहेको व्यापार व्यवसाय क्षेत्रलाई समेत उकास्नका लागि कुसल नेतृत्वको पक्षमा व्यवसायी देखिएका छन । 

वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । अधिकाँस पुर्व अध्यक्ष, पदाधिकारी एव सदस्य लगायतका व्यवसायीले सहमतीको प्रयासमा जुटेका छन । कोरोना महामारीले व्यापार व्यवसाय क्षेत्र र आम व्यवसायी उद्योगी मारमा परेको अवस्थामा सहमतीय आधारमा नेतृत्व टुङग्याउने पक्षमा देखिएका छन । चालु आर्थिक बर्ष सकिने बेला अधिकाँस व्यवसायी काममा व्यस्थ रहेको अवस्थामा समेत सहमतीय आधारमा नेतृत्व टुङग्याउने पक्षमा देखिएका छन ।

निर्वाचन गर्दा फजुल खर्च हुनेदेखि समय बर्बाद हुने भएकाले यस पटक सबै व्यवसायीले आलोपालो पुर्याउने उदेश्यले सहमतीको अधिकतम प्रयासमा व्यवसायी लागेका छन । यस पटक वाणिज्य संघको अध्यक्षमा आकाक्षि देखिएका जोशीका परिवार पहिल्यैदेखि व्यवसायमा आबद्द छन ।

पिताम्बर जोशी किशोरा अवस्थादेखि व्यापार व्यवसाय क्षेत्रमा काम गर्दै आएका थिए । दुई दशकदेखि जोशीले आफै प्रत्यक्ष व्यवसाय सम्हालेका छन । उनले वाणिज्य संघको नेतृत्वका लागि आँकाक्षा राखेपछि अधिकाँस व्यावसायीले साथ समर्थन दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>