बेतकाेट नगरपालिका ७ सुडा काे पुर्वपश्चिम राजमार्ग डाउना हाेटल नजिक आज ( बुधबार) बिहान १० बजेतिर भारतीय नम्बर प्लेटको कारले साइकलमा सवार सुडाका किशोरलाई ठक्कर दियो ।
डीएल ३ सीसीएस ९४७६ नम्बरको उक्त कारले साइकल सवार बेदकोट नगरपालिका–७ का १५ वर्षीय पदम भट्टलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भए । कार र साइकल पश्चिम बा पूर्बतर्फ एकैतिर गैईरहेका थिए ।
साइकललाई ठक्कर दिएर कार चालक फरार हुन खाेजे तर कार धेरै टाढा जान सकेन । अस्थायी प्रहरी पोष्ट दैजीले कार नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कार चालक भारतको हरियाणाका २२ वर्षीय रोहित सिंह र गाडीमा सवार मानपुर उत्तर प्रदेश बस्ने २३ वर्षीय रजत सिंह पक्राउ परेका छन् ।
साइकललाई ठक्कर दिएको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट भने प्रहरीले अबैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ ।
'ठक्कर दिएर भाग्दै गर्दा अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले दैजी चोकमा फेला पारी शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ०.२५ ग्राम खैरो हिरोइन र ४.४८ ग्राम गाँजा फेला परेको छ,' प्रहरी निरीक्षक बमले भने ।
दुबै जनालाई नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया