Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ असार १२ गते आइतबार

साझा सुबिधा केन्द्र ( उद्यम घर निर्माण) गरिने

कञ्चनपुर जिल्लाको कृष्णपुरमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (एमईडिपिए) आर्थिक वर्ष २०७८/०७९ अन्तर्गत लघु उद्यमी र व्यवसायी बिच बजारीकरण तथा व्यवसायीक परामर्श अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

" उद्यमी युवा समृद्ध देश , दिगो विकास लक्ष्यमा समान परिवेश " भन्ने मुल नाराका साथ कृष्णपुर नगरपालिका उद्यम विकास शाखा गुलरियाले लघु उद्यमी र व्यवसायी बिच बजारीकरण तथा व्यवसायीक परामर्शका लागि सनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

उत्पादन भएका सामान हरु लाई कसरी बजारीकरण गर्ने भन्ने मुल प्रमुख उद्देश्यका साथ एक दिने व्यवसायीक परामर्श अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कृष्णपुर नगरपालिका उद्यम बिकास शाखा प्रमुख हेमन्त रानाले बताउनु भयो।

कार्यक्रमको सभा अध्यक्षतामा बस्नु भएकी नगर उपप्रमुख द्रौपती राना ले उद्यमी हरुका सिप बिकास तथा क्षमता बिकास का लागि र उहारुको बिकासे तालिम का लागि नगरपालिका ले कुनै कसर बाकी राख्ने छैन । उनले भनिन, बजार ब्यबस्थापन तथा अबको कार्याकाल  मा साझा सुबिधा केन्द्र ( उद्यम घर निर्माण) गरिने छ। त्यसले बिक्री कक्ष निर्माण गरिने र  बजारीकरण मा सहज पुग्ने छ।

व्यवसायीक परामर्श अन्तर्क्रिया कार्यक्रम सम्पन्न पश्चात उद्यमी हरु भने' व्यवसायी गर्ने र उत्पादन गरेको सामान बाजरमा सहज पहुँच पुग्ने वातावरणको सिर्जना गर्दा आगामी दिनमा पनि क्षमता वृद्धिका लागि सीप सिकाई व्यवसायी बाट आय आर्जन गर्न सहज पुग्ने हुँदा त्यसका लागि निरन्तर यस्ता यस्तै कार्यक्रम उद्यम बिकास शाखा कृष्णपुर नगरपालिका ले ल्याउदै गर्ने सहभागीहरुले अपेक्षा समेत राखेको बताउनु भयो। उनिहरु ले यस्ता सिकाईले हाम्रो क्षमता अभिवृद्धिमा समेत निकै ठुलो टेवाका साथ सहयोग पुगेको छ ।


नयाँ उद्यमले भरखर उत्पादन गरेका सामान हरु लाई कसरी बजारीकरन गर्ने ,व्यवसायी र उद्यमी विच अन्तर्रकृया,स्थानिय उत्पादन भएका सामानहरु लाई बजारीकरण गर्न बिक्रीकक्ष तथा साझा सुविधा केन्द्र स्थापनाका लागि सम्भाव्य अध्ययन गर्ने सुरुमा हामी उद्यमी हरुको प्रतिक्रिया समेत लिएको थियो।

छलफल कार्यक्रममा अतिथि प्रशिक्षक तथा व्यवसायि विच को प्रतिक्रिया छलफल,बजार प्रतिनिधी को प्रतिक्रिया तथा छलफल आमन्त्रित प्रशिक्षक को प्रतिक्रिया अतिथि हरुको मन्तव्य सहित समापन उत्पादन भएका सामान हरु लाई कसरी बजारीकरण गर्ने भन्ने लगायत कार्यक्रम मा ६० जना को  सहभागिता रहेको थियो ।
कृष्णपुर नगरपालिका मा हाल मेडपा (उद्यम बिकास शाखा) मार्फत उद्यम क्षेत्र को बिकासका लागि  बिभिन्न कार्यक्रम हरु सञ्चालन गर्दै गरेका छन् । जसमा शाखामा गरिवि निवारण निर्देशिका  २०७७ बमोजिम २ जना करार मा उद्यम बिकास सहजकर्ता पनि नियुक्त गरिएका छन । गरिवि निवारण निर्देशिका २०७७ अनुसार सिप बिकास तालिम अन्तर्गत सिलाई कटाईतालिम तथा मेसिन ,ड्राईभिङ,बेमौसमी तरकारी खेति सम्वन्धी तालिम तथा कृषी औजार हस्तान्तरण गरिएको छ। उद्यमी बनाउनको लागि होजियारी तालिम तथा खेलौना तालिम पालिकाका ९० जना लाई सिप सिकाईसकेको छ ।

अन्तक्रिर्या कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख द्रौपती राना,अतिथिहरुमा कार्यापालिका सद्स्य मदन नेपाली,  गुलरिया बजार व्यवस्थापन का सचिब  गणेश मल्ल, उद्यम बिकास शाखा प्रमुख हेमन्त राना, पवन जोशी ऋण अधिकृ , बेमौसमी तरकारी खेति सम्वन्धी तालिम का प्रशिक्षक एवम कृष्णपुर नगरपालिका कृषी विकास ईकाई शाखा मा कार्यरत ना.प्र.स. गणेश राज ओझा ,बेमौसमी तरकारी खेति सम्वन्धी तालिम का प्रशिक्षक एवम विणा मा.वि. का जे.टि.ए. कोर्डिनेटर बिष्णु बिक , सिलाई कटाई तालिम का प्रशिक्षक एवम सिलाई व्यवसायी  द्रोपती देवि चौधरी , हाते होजियारी तालिम का प्रशिक्षक एवम होजियारी व्यवसायी शान्ती रोकाया , गुडिया बनाउने तालिम का प्रशिक्षक तथा व्यवसायी कमला देवी चौधरी, उद्यम बिकास सहजकर्ता रेखा कैनी लगायत नगरपालिका कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन उद्यम बिकास शाखा का कार्यरत कर्मचारि उद्यम बिकास सहजकर्ता श्याम बिक ले गर्नु भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>