Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
बझाङ
२०७९ असार १२ गते आइतबार

दुर्गाथलिकाे शिक्षा कार्यदल बाेकेकाे जिप दुर्घटना हुदा ६ जना घाईते ।

दुर्गाथली गाउँपालिकाकाे शिक्षा कार्यदल चढेकाे गाडि दुर्घटना भएकाे छ ।  बिध्यालय हरुकाे अवस्था अध्ययन गर्न वडा ३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जीप आइतवार दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

गाउँपालिका का अध्यक्ष दिल बहादुर थापा तुफानका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका-७ का ४० वर्षीय जीप चालक रुपाल जप्रेल, ५२ वर्षीय उद्धव सिंह, ४० वर्षीय विष्णु बहादुर दौल्याल र वडा नं. ४ का ४८ वर्षीय खगेन्द्र मिश्र रहेका छन् ।

यस्तै दुर्गाथली गाउँपालिकाको शिक्षा शाखा संयोजकसमेत रहेका बैतडी सुनर्या गाउँपालिका–२ का ४५ वर्षीय ललित कुमार पाण्डे र दुर्गाथली गाउँपालिका– ५ का वडा अध्यक्ष ४५ वर्षीय वकिल जप्रेल घाइते भएका छन् ।

जिप सडक भन्दा करिब ६० मिटर तल खसेर जीप

दुर्घटना भएको हो । घाइतेहरुको हात, खुट्टा, टाउँको र कम्मरमा चोट लागेपनि सबैकाे अवस्था खतरा मुक्त रहेको अध्यक्ष थापाले बताए ।

दुर्घटना के, कसरी भयो भन्नेबारे नखुलेको थप उपचारका लागि घाईतेहरुलाई धनगढि तर्फ पठाउने तयारि भैरहेकाे अध्यक्षले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>