Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
कञ्चनपुर
२०७९ असार १४ गते मङ्गलबार

मंलबार बिहान चट्याङले कंचनपुरमा २ जनाकाे मृत्यु, जनावरकाे पनि क्षति ।

यस बर्ष कञ्चनपुरमा ढिलोगरी (मनसुन) बर्षा भयो । किसान धानबाली लगाउन बर्षाको पखाईमा थिए । सिँचाईको सुविधा भएका किसानले धान रोपेपनि खेत सुकिसकेका थिए ।

उनीहरु पनि आकासकै पानीको पखाईएमा थिए । तर, मंगलबार बिहान अप्रत्यासित रुपमा आएको बर्षासंगै चट्यान लागेर कञ्चनपुरका दुई किसानको मृत्यु भएको छ । लगातार बर्षा भन्दा पनि चट्यान पर्दा खेतमा काम गरिरहेका दुई किसानको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी लाल बहादुर बमले चट्यान लागेर भीमदत्त नगरपालिका ८ तिलाचौरकी २५ बर्षिया शारदा थापा र पुनर्वास नगरपालिका ६त्रिभुवनबस्तीका ४० बर्षिया देवेन्द्र श्रेष्ठको मृत्यु भएको बताए ।
दुवै जना बर्षा भएसंगै खेतमा काम गरिरहेको अवस्थामा एक्कासी चट्यान लागेको थियो । चट्यान लागेर थापा र श्रेष्ठको मृत्युले घर परिवार छरछिमेकी शोकमा परेका छन । यसका साथै चट्यान लागेर पशुपन्छी तर्फ समेत क्षति भएको छ । दैव लागेको भन्दै थापा, श्रेष्ठ परिवार शोकाकुल भएका छन । 

कञ्चनपुर प्रहरीका सुचना अधिकारी बमका अनुसार भाँसीमा एक जोडी गोरु र लालपुरमा केही बङगुरको मृत्यु भएको छ । ‘चट्यान लागेर मानविय तर्फ दुई जनाले ज्यान गुमाईसकेका छन, ‘उनले भने, ‘पशुपन्छी एव अन्य भौतिक तर्फको क्षतिको विवरण आईरहेको छ ।’ प्रहरीले चट्यान, बर्षातका बेला घरभित्रै सुरक्षित बस्न आब्हान गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>