Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार १४ गते मङ्गलबार

सगरमाथा हिमाल चढन हिडेका भारतिय डाक्टर  बेपत्ता
साङ्केतिक तस्बिर

सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित  तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।
जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।

प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । उनले भने–‘गोक्यो, थामबोचे र सगरमाथा अधार शिविरमा खोजी भइरहेको छ ।’चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ ।

सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता छिन् । नाम्चे बजार बाट चैत ६ मा आधार शिविर तर्फ लागेकी कोरियन नागरिक यियाेन हि ली अझै फेला परेकी छैनन् । कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले बताए । उनको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ ।  



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>