Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १४ गते मङ्गलबार

उधाेग बाणिज्य संघ कंचनपुरकाे चुनाबका लागि यस्ताे छ उमेदबारि

कंचनपुर उधाेग बाणिज्य संघकाे अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जोशी ट्रेड इन्टरप्राइजेज एण्ड सप्लायर्सका सञ्चालक गणेशदत्त जोशी र स्नेहा ट्रेड सेन्टरका सञ्चालक पिताम्बर जोशीका बीच सिधा टक्कर हुने छ ।

वरिष्ठ उपाध्यक्षमा न्यू पूजा ट्रेडर्सका सञ्चालक दिनेश मल्ल र न्यू वीणा गिफ्ट कर्नरका मदन राज पन्तबीच प्रतिस्पर्धा हुने छ ।

उद्योग उपाध्यक्षमा सुरेश गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् । वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल, यज्ञराज भट्ट र वाशुदेव जोशी (विनोद) गरि तीन जनाकाे उम्मेदवारी परेको छ ।

महासचिवमा खगेश्वर प्रसाद बोहरा र निर्मला भट्ट सापकोटाकाबीच प्रतिस्पर्धा  हुने देखिन्छ । सचिवमा राहुल भट्ट र करन पालले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा भने चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघ नेतृत्वका लागि गणेशराज जोशी र पिताम्बर जोशी प्यानलसहित चुनावी प्रतिस्पर्धामा ओर्लिएका हुन् । मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो ।

संघको १७ औं कार्यकारिणी समितिको निर्वाचन यहीँ असार २५ गते हुने छ । बिहीवार उम्मेदवारी माथि दाबी बिरोधको समय तोकिएको छ । शुक्रवार सम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>