Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १५ गते बुधबार

अधिया गर्न पाेल्खरि आएका परिवार घर भत्किदा १ काे मृत्यु २ घाईते

कञ्चनपुरको बेदकोट नगरपालिका वडा ५ पोखरीमा बुधवार दिउसो घर भत्किदा एक जना बालिकाको ज्यान गएको र दुई जना घाइते भएका छन् ।

स्थानीय गोमा साउदको कच्ची घर भत्किएको हो । घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्मा खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र ११ वर्षीय अर्जुन खुना घाइते भएका छन् । घाइते भएका तीनै जनालाई उपचारका लागि महाकाली अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक बमले बताए ।

साउदको खेतमा अधिया गर्न आएका उनीहरु घटनामा परेका हुन् । करिश्माकी आमाले छोरीलाई उनका दाजु अर्जुनसँगै उक्त घरमा छाडेर आफू रोपाइँ गरिरहेकी थिइन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>