Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार १५ गते बुधबार

अजयमेरु पुर्ण खाेप गाउँपालीका घाेषणा

डडेल्धुराको अजयमेरु गाउँपालिकालाई ‘पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितका अध्यक्ष एवं जिसस प्रमुख गगनसिंह भण्डारीले पालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।

गाउँपालिकाका ६ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको अध्यक्ष उमेशप्रसाद भट्टले बताए।
अजयमेरुलाई पूर्ण खोप घोषणा गर्नमा सहयोग गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सबै जनप्रतिनिधि र गाउँपालिकाबासीलाई धन्यवाद दिए।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितका अध्यक्ष भण्डारीले खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्न सबैले हातमालो गर्नुपर्ने बताए।

१६ महिनादेखि २३ महिनासम्मका गाउँपालिकाभित्र रहेका सबै २ सय ११ बालबालिकाले सबै प्रकार खोप पाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हिक्मतबहादुर खडायतले जानकारी दिए।

एक शिशुले जन्मेदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइडविरुद्धको खोप लगाउने गरिन्छ। घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>