Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार १६ गते बिहिबार

कंचनपुर उधाेग बाणिज्य संघका तीन पदमा प्रतिस्पर्धा, पिताम्बर समुहले निकाल्याे घाेषणा पत्र ।

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिवका लागि प्रितस्पर्धा हुने भएकाे छ । अध्यक्ष  पदका प्रत्यासी पिताम्बर जोशी प्यानलले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न एजेण्डा अघि सारेको छ ।

पिताम्बर प्यानलका अधिकाँस पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन । पिताम्बर समुहले करिव दर्जन प्रतिबद्धता घोषणा गरेका छन ।

यश समुहकाे यस्ता छन प्रतिबद्धता हरु जिल्ला भरीका उद्यमी व्यवसायीहरुका बिवरण अद्यावधिक रुपमा संकलन गरी सबै साना, ठुला सदस्यरुको समस्याहरुको पहल कदमी गर्ने ।

उद्यमी व्यवसायीहरुका कर, भन्सार, स्थानिय कर, आन्तरिक ओसार पसार लगायतका बिषयमा सहजिकरण गर्नका लागि स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय संग सगदृढ एवं समन्वयकारी भुमीकामा रहने ।

व्यवसायिक छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ , महासंघको प्रदेश कार्यकारिणी समितिमा कञ्चनपुर उद्योग बाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराउने ।

कञ्चनपुर जिल्ला तथा सूदुरपश्चिम प्रदेशमा उत्पादित वस्तुलाई भारत लगायत अन्य देशमा निर्यातका लागि व्यापार तथा निकासी प्रवद्र्न केन्द्रको क्षेत्रिय सम्पर्क कार्यालय महेन्द्रनगरमा स्थापना गर्न पहल गर्ने ।
कञ्चनपुर उद्योग बाणिज्य संघको स्थायी आय श्रोतका लागि ठोस योजना ल्याउने ।कञ्चनपुर जिल्लामा सार्वजनिक निजी सहकारी कार्यक्रम अन्त्रगत एक नमुना उद्योग एवं व्यवसायहरु संचालनमा ल्याईने छ ।

संघका सदस्यहरुलाई सूचनाको अभावका कारण पर्ने व्यवसायक दुविधा समाधान गर्न तथा नयाँ सूचना, नयाँ नीति समयमै प्राप्त होस भन्नका लागि अभिमुखिकरण तालिमको आयोजना गरिनुका साथै विद्युतिय सूचना गृहको स्थापना गर्ने ।

उद्यमी, व्यवसायीलाई आवश्यक पर्ने लेखा व्यवस्थान, कर व्यवस्थापन , स्टोर व्यवस्थापन लगायतका बिषय एवं क्षेत्रमा दक्ष जनशक्ति निर्माण गरि जनशिक्ती बैंकको स्थापाना गर्ने ।
निर्माणधिन मझगाउँ एयरपोर्टलाई समयमा सम्पन्न गराउन र वायु सेवा संचालनका लागि सरोकारवाला निकायसंग आवश्यक पहल कदमी गर्ने ।

संघले बारम्बार उठाउदै आएको दैजी छेला औद्योगिक क्षेत्र तथा दोधारा चादनी सुख्खा बन्दरगाह निर्माण एवं संचालनका लागि तथा स्वदेशी एवं विदेशी लगानी भित्रयाउन तदारुकताका साथ पहल पर्ने ।

कञ्चनपुर जिल्लाको समग्र आर्थिक सामाजिक विकासका लागि जिल्लाका संघिय माननिय, प्रदेश माननिय, राजनैतिक दलहरु, स्थानिय सरकारका प्रमुख , उप प्रमुखसंग समन्वय गरि समृद्ध जिल्लाका लागि एकृकित एवं दिर्घकालिन योजना निमार्णका लागि समन्वयकारी भुमिका निर्वाह गर्ने ।

भारतिय सिमामा देखिएका व्यापारिक समस्याहरु न्यूनिकरण एवं समाधानका लागि भारतिय प्रहरी प्रशासन तथा नेतागण , भारतिय व्यापार संगठनहरु वीच नियमति समन्वयात्मक बैठकको आयोजना गर्ने ।

कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, पर्व पदाधिकारी एवं पुर्व सदस्यहरुको ज्ञान र अनुभवलाई अधिक्तम उपयोग गर्नका लागि छुट्टै फरोम गठन स्थापना गर्ने ।

जिल्ला भरीका विभिन्न नगर उद्योग बाणिज्य संघहरु, बिषयगत संघहरु, व्यवासायी संघ( संगठनहरुसंग समुधुर समन्वय स्थापित गरी अभिभाकत्व लिने ।
मास व्यवसायी विमाका लागि पहल गर्ने ।

साना व्यवसायीको सुरक्षा र प्रवद्र्धनका लागि वित्तिय संस्था र स्थानिय सरकार संग समन्वय र सहकार्य गर्ने ।
व्यवसायी व्यवसायी बीच डिजिटल माध्यमबाट जोडि परामर्श दिनका लागि डिजिटल मञ्चको स्थापना गर्ने ।

अनुसन्धान सहति व्यवसाय संचालन गर्न तालिम संचालन गर्नुका साथै नवसंचालित व्यवसायका लागि राणनितिक समस्या समाधान, बजार व्यवस्थापन , प्रचार प्रसार गर्न हेल्प डेक्सको स्थापना गर्ने ।

सदस्यहरुको व्यवसायिक अभिवृद्धिका लागि ग्राहक सम्बन्ध ब्यवस्थापन, विक्रयकला , उद्यमशिलता विकास, व्यवसायिक योजना निर्माण गर्न गराउन अनुभवि प्रशिक्षक द्धारा नियमित रुपमा तालिम आयोजना गर्ने । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>