Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार १८ गते शनिबार

सम्मानित निजि क्षेत्र समृद्ध नेपाल नाराका साथ पिताम्बर समुह चुनावि मैदानमा ।

कंचनपुर उधाेग वाणिज्य संघकाे १७ आौ कार्यकारणि समितिकाे यहि असार २५ गते हुन गैरहेकाे चुनावकाे लागि पिताम्बर जाेशी र गणेशदत्त जाेशी प्यानल चुनावी मैदानमा रहेका छन ।

पिताम्बर प्यानलका बरिष्ट उपाध्यक्ष दिनेश मल्ल, उधाेग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट र काेषाध्यक्ष चेतराज जाेशी निर्बिराेध  निर्वाचित भैसकेका छन ।

अध्यक्ष पिताम्बर जाेशी, वाणिज्य उपाध्यक्षमा धर्मसिह रावल र महासचिवमा खगेश्वर बाेहरा चुनावि प्रतिस्पर्धामा रहेका छन ।शनिबार महेन्द्रनगरमा पिताम्बर समुहकाे पत्रकार सम्मेलनमा उनका पक्षका ब्यावसायीहरू काे सहभागिता रहेकाे थियाे । उधाेग वाणिज्य संघका अध्यक्ष जंग ब मल्ल, ब्यावसायिहरु माधव जाेशी, माधव भट्ट, कृष्ण प्रसाद पाठक, नारद पाण्डेय, पदम ठकुराठी, प्रमाेद जजाेदिया, दिवाकर भट्ट, जगदिश भट्ट, दिपेन्द्र भाट, कृष्ण भट्ट किरण लगायत थुप्रै उधाेगी ब्यावसायि र निर्बिराेध निर्वाचित उमेदबारहरु रहेका थिए ।

कार्यक्रममा अध्यक्षका उमेदबार जाेशीले सम्मानित निजि क्षेत्र समृद्ध नेपाल काे नारा सहित ब्यावसायीका सबै खाले समस्या समाधाका लागि पहल गर्ने र ब्यावसायी लाई दक्ष जनशक्ति अभाव रहेकाे याे पूरा गर्न युवाहरुलाई दक्ष बनाउने, ब्यावसायीकाे समस्या  र युवा बेराेजगारिकाे समस्या कम गर्ने बताएका छन । महासचिव उमेदबार खगेश्वर बाेहराले घाेषणा पत्र पढेर सुनाएका थिए भने ब्यावसायी माधव जाेशीले कार्यक्रम संचालन गरेका थिए ।
यस्ताे छ धाेषणा पत्र ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>