Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असार १८ गते शनिबार

दार्चुलामा शनिबार पहिराेमा परि २१ बर्षे युवाकाे मृत्यू

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी एक जना युवाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ६ परीगाउँका मान बहादुर ठगुन्नाका २१ बर्षीया छोरा करन सिह ठगुन्नाको पहिरोमा परी ज्यान गएको हो ।

शनिबार (आज) बेलुकी साढे चार बजेको समयमा भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक सुरज बहादुर सिंह नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मनसुन सक्रिय भएसंगै दार्चुलाका दर्जनौँ गाउँहरुमा बाढी, पहिरोको जोखिम बढेको छ । नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण बर्षेनी जनधनको क्षती हुने गरेको छ । विपद बाट बच्नका लागि पुर्वसतर्कता अपनाउन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>