सिमा नजिकका पालिकाहरुलाई भारतीय राजदूतावासले आइतवार एम्बुलेन्स हस्तान्तरण गरेको छ । कंचनपुरकाे दाेधारा चाँदनी नगरपालिका, दार्चुलाकाे मालिकार्जुन गाउपालिका लाई एक / एक एम्बुलेन्स र दुहुँ गाउपालिका लाई एम्बुलेन्स समेत जनविकास माध्यमिक विद्यालय बारबाझलाई एक बस उपलब्ध गराएको छ ।
नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत बाहन हस्तान्तरण गरिएका हुन् । नेपालका लागि भारतका राजदूत नबिन श्रीवास्तवले एक समारोहबीच दाेधारा चाँदनी नगरपालिका प्रमुख किशाेर कुमार लिम्बु,मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी र दुहुँ गाउँपालिका-४ का वडा अध्यक्ष कृष्णसिंह लोथ्याललाई एम्बुलेन्स हस्तान्तरण गरे ।
यस्तै जनविकास माविका प्रधानाध्यापक हरि
जोशीलाई पनि सोही समारोहमा बस हस्तान्तरण गरिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया