Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १९ गते आइतबार

डिलासैनि गाउँपालिकाले आवश्यक्ता बाहेकका कर्मचारि सावन १ बाट नबिकरण नगर्ने

बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्ताेष जाेशिले उल्लेख गरेका छन । 

उनले भने,‘हामीले २०७८ चैतमा चुनावको मुखमा विना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरू हटाउने निर्णय गरेका हौं । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’ १७ असारमा बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको बताए । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलबभत्ता नदिने उनले बताए । उनले भने,‘पारिश्रमिक खुवान सक्ने अवस्था छैन । यसअघिको तलब पनि जेनतेन जनप्रतिनिधिको सेवासुबिधा र लक्षितवर्गको बजेटबाट कटौती गरेर खुवायौँ ।’

हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको अघिल्लो सरकारले आवश्यकता नभएको ठाउँमा करारमा कर्मचारी भर्ना गरेकाले हटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष जोशीले बताए । ‘अदक्ष कर्मचारी राख्नु हुँदैन । हामीले हटाएका मध्ये अधिकांश कर्मचारी आवश्यकताको अध्ययन नै नगरेर राखिएका छन् कतिपय स्कुलमा शिक्षक बढि बिध्यार्थि कम छन । कतिपय स्वास्थ्य संस्थामा ल्यावका कर्मचारि राखिएका छन त्यहा ल्याव नै छैन यस्ता विभिन्न कर्मचारि लाई हटाउन कुनै समस्या छैन ।

हामीले चुनावका बेलासमेत पहुँचका आधारमा भर्ना गरिएका कर्मचारी हटाउने र हाम्रो मान्छे पनि त्यसरी भर्ना नगर्ने भनेरै जनताको भोट पाएका हौं । बोलेका कुरा अहिले कार्यान्वयन गरिरहेकाछौं । नियम विपरीत भएका कामको छानबिन गर्ने छौं,’ उनले भने । हामिले गणक कर्मचारि भर्ना गर्याै ति कार्यमा संलग्न लाई पनि याे जानकारि भयाे हाेला दाेस्राे पटक १४ जनाकाे लागि खाेलेकाे बिज्ञापनमा १२ जना मात्र पास भएका छन यसबाट पनि निश्पक्षता देखिन्छ । लाेकसेवाका कर्मचारि भर्ना गरे जसरि कर्मचारि भर्ना गर्ने उनले बताए ।

गाउँपालिकाले हटाउने करारका कर्मचारीमा शिक्षक तथा विद्यालय कर्मचारी, सामाजिक परिचालक, प्राविधिक र कार्यालय सहयोगी रहेका छन् । हटाउने कर्मचारीमा ४० जना शिक्षक छन् । अझै पनि आवश्यकता महसुस भएका क्षेत्रमा कर्मचारी राख्न सकिने जाेशीले बताए । विकासे बजेटबाट समेत तलब खुवाउनु पर्ने भएकाले करारका कर्मचारीहरू हटाउनु परेको उनले बताए । ‘अनुगमन गर्छौं, त्यसपछि आवश्यकता बिनाका कर्मचारीको करार अवधि थपिँदैन,’उनले भने । हटाएका केही कर्मचारी भने गाउँ कार्यपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्ने तयारीमा रहेका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>