लालझाडि गाउँपालिका वडा १ काे कार्यालयमा साेमबार तालाबन्दी भएकाे छ । वडाका किसानहरुले बाख्रा बितरण कार्यक्रममा मनाेमानि बितरण भएकाे भन्दै वडा कार्यालय तालाबन्दी गरेकाे हाे ।
पालिका र बिज्ञ केन्द्र कंचनपुरकाे सहकार्यमा ३७ लाखकाे बाख्रा कार्यक्रममा अनुदान दिने कार्यक्रम रहेकाे थियाे । केन्द्रकाे ३० लाख र पालिकाकाे ७ लाख लगानिमा माउ बाख्रा बितरण, खाेर सुधार र औषधि बितरण कार्यक्रम रहेकाे भेटनरि शाखाका बिषन सिह बिष्टले समृद्धि पाेष्टलाइ जानकारी दिनुभयाे ।
उनका अनुसार विपन्न परिवारका १०० जना लाई २ माउका दरले दिने र १५ जना लाई खाेर सुधार कार्यक्रम दिने गरि घरदैलाेमा गई छनाैट गरेका थियौ दाेहराे अनुदान पनि नपर्ने गरि छनाेट गरेका थियौं । साेहि अनुसार समूह निर्माणकाे छलफल गरिरहेका समयमा असन्तुष्ट स्थानियले वडा कार्यालय तालाबन्दी गरेकाे हाे ।
असन्तुष्ट पक्षका राम सिह राना का अनुसार विभिन्न सिमाहरु राखेर सुचना निकालेकाे थियाे तर बितरण गर्दा मनाेमानि बितरण गरिएकाे कारण तालाबन्दी गरेका हउ ।
वडा १ का अध्यक्ष प्यारेलाल रानाका अनुसार पालिका र बिज्ञ केन्द्रकाे कार्यक्रम थियाे हाम्राे वडा छनाेट भएर कार्यक्रम पाईएकाे थियाे केही स्थानिय असन्तुष्ट भएर वडामा तालाबन्दी गरेका छन । वडाका सेवा ग्राहि तालाबन्दीले समस्यामा परेका छन, तालाबन्दी सम्बन्धमा छलफल गर्न बाेलाएका छउ वहाहरु अहिले सम्म नआएकाे बतउछन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया