सडकमा बिधुत करेन्ट लागेर २ जना घाईते भएका छन ।बेदकोट नगरपालिका-८ मल्लो भाँसीका ३१ वर्षीय जंगबहादुर डगौरा र सोही ठाउँका ४० वर्षीय भरतसिंह सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
कामको शिलशिलामा भीमदत्त नगरपालिका–१ राजिपुरतर्फ जादैँ गर्दा बाटोमा लत्रिएको बिजुलीको तारले मोटरसाइकल पछाडि बोकेर लग्दै गरेको आलमोनियमको ढोकालाई छुदा दुबै जनालाई करेन्ट लागेको थियो ।
दुबै जनाको शरीरको पछाडिको भाग र हातखुट्टा जलेका छन् । उनीहरुको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले बताए ।
बिधुतकाे तार लत्रेका कारण करेन्ट लागेकाे स्थानिय गाेपाल चाैधरिले बताएका छन । बिधुतका तार नगरक्षेत्रमा कतै रुखहरुमा छाेईएका छन भने कतिपय पाेल सडकमै समेत रहेका छन । फ्युज बक्सहरु खुला र बालबालिकाकाे हात पुग्ने ठाउँमा रहेका छन । बिधुतकाे यस्ताे लापर्वाहिले दुर्घटनाकाे जाेखिम बढेकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया