Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २३ गते बिहिबार

साझाले ३ बिजुलि बस चलाउन सुरु गर्याे स्टाफ महिला हुने ।

साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । काठमाण्डौ उपत्यकामा चल्ने यी बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ ।

तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । चालक र परिचालकमा महिलालाई प्राथमिकता दिइएको यातायात प्रालिले  जनाएकाे छ । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले  ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।

सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ ।

यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ । बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्रीकाे प्रयोग गरिएको छ ।

बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने बताईएकाे छ । साझाका प्रमुख कार्यकारिका अनुसार  चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् । आएका तीन वटै बस आजदेखि चलाउन लागिएको हो । अन्य बाँकी बस चीनमा बन्दै गरेको र क्रमश: नेपाल आउने उहाँले बताउनुभयो । एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको पनि उहाँले जानकारी दिनुभयो।

साझाले विद्युतीय बस खरिद गर्न गएको चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।इन्धनको भाउ महँगिएर डिजल, पेट्रोलबाट चल्ने गाडी चलाउनै समस्या भइरहेका बेला अहिले विद्युतीय गाडीलाई विकल्पको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>