बेलौरी नगरपालिका-७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको ज्यान गएको छ । ३ जना महिला घाइते छन् ।
बिहीवार दिउसो धनगढी बाट बेल्डाडि गाउपालिकाकाे ४ बैवाह आउदै गरेकाे म १ च ६३१ जम्बरकाे एम्बुलेन्स अनियन्त्रित भएर पौहालस्थित कल्याण माध्यमिक विद्यालय नजिक घर भएका स्थानीय रामबहादुर रानाको गोठमा ठोक्किएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशसिंह बुढाथोकीले बताए ।
दुर्घटनामा बैवाहकी २४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको बरिष्ठ सइँ बुढाथोकीले जानकारी
दुघटनामा बल्डाडा गाउपालिका - ४ बवाहका
२४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको बरिष्ठ सइँ बुढाथोकीले जानकारी दिए । घटनामा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीया माघी खत्री घाइते छन् ।
अनिताले तीन दिन अघि धनगढीस्थित सेती अस्पतालमा बच्चा पाएकी थिइन् । उनी कुरुवासँगै घर फर्किरहेकी थिइन । घाइतेहरुको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ । कैलाली चुरे गाउँपालिका–१ बस्ने २६ वर्षीय एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया