Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २४ गते शुक्रबार

सुदुरपश्चिम विश्वविध्यालयकाे सेवा आयाेग किन ?  आफ्नालाई राख्न बिज्ञापन खाेलेकाे आराेप ।

सुदुरपश्चिम विश्वविद्यालय ले करार र काेर्ष करार का कर्मचारि भर्नाकाे लागि बिज्ञापन खाेलेकाे छ । विश्वविद्यालय ले केन्द्रीय क्याम्पस, विभिन्न संकाय र विभाग हरुका लागि करारमा कर्मचारि भर्नाकाे बिज्ञापन खाेलेकाे हाे ।

विश्वविध्यालयले सुरुमा कर्मचारि भर्ना गर्दा देखि नै भनसुनका आधारमा भर्ना गरेकाे र क्याम्पसका कर्मचारि समायाेजन बाट चलेकाे थियाे । तर पछिल्लाे पटक विश्वविद्यालय संग कर्मचारिकाे भर्ना गर्ने गरि सेवा आयाेग गठनकाे ब्यावस्था गरेकाे छ । तर विश्वविद्यालयले आवश्यक मात्रामा आफ्ना मान्छे राख्नका लागि करारमा कर्मचारि भर्ना गर्न विज्ञापन गरेकाे आराेप कतपयले लगाउन थालेका छन  ।

विगतमा करार बाट आएर बर्षाै सम्म आफ्नाे युवाँ अवस्था विश्वविध्यालयका लागि खर्च गरेका कर्मचारि लाई स्थाई गर्न कुनै प्रक्रिया चालेकाे देखिदैन भने । सेवा आयाेगले परीक्षा लिएर समेत आफ्ना मान्छे नआउदा परीक्षा नै रद्द गरेकाे स्राेत बताउछन ।

असार २३ र २४ गते गरेर फरक फरक बिज्ञापनमा करिव २९ जना जति विभिन्न तहका कर्मचारि माग गरेकाे छ । यसरी सेवा आयाेगकाे ब्यावस्था हुदाहुदै विभाग तथा डिन कार्यालय बाट नै बिज्ञापन खाेलिदा स्वतः बिज्ञापन माथि शंका उत्पन्न भएकाे बिध्यार्थि नेता बताउन थालेका छन ।
विश्वविद्यालयकै कतिपय कर्मचारि र प्राध्यापकहरु सेवा आयाेग राख्नुकाे औचित्य केहाे यस्लाई किन बर्खास्त नगर्ने भनेर सामाजिक संजालमा प्रश्न गरिरहेका छन ।

याे सम्बन्धमा विश्वविध्यालय सेवा आयाेगका अध्यक्ष पुर्ण बहादुर चन्द लाई सेवा आयाेगले किन काम गरेन भनेर साेद्धा उहाले कार्यकारिले अनुमति नदिएका कारण बिज्ञापन लगायतमा काम गर्न नसकेकाे हिजाे मात्रै पनि उपकुलपति लाई भेटेर आएकाे तर अनुमति छैन कसरी काम गर्ने भन्नू भयाे ।

रजिस्टार यज्ञराज पाठक संग बिज्ञापन अरुले खाेल्ने भए सेवा आयाेग किन गठन गरेकाे काम नै नगर्ने संस्था किन राख्नु भएकाे भन्दा उहाले काेभिड र तालाबन्दीले काम गर्न नपाएकाे हाे अब काम गर्ने बताएका छन ।

यसरी सेवा आयाेगले कार्यकारि बाट अनुमति पाएन भन्ने र रजिष्टारले काेभिड र तालाबन्दी लाई देखाउनुले राजनितिक रुपमा कार्यकर्ता भर्ना गर्न याे गरिएकाे स्राेतकाे भनाई छ ।

उप कुलपति, रजिस्ट्रार देखि बिज्ञापन खाेल्ने सबै विभागमा प्रमुख डिनहरु काग्रेस निकटका भएका कारण याे बिज्ञापन बाट करारमा आफ्ना मान्छे राख्न बिज्ञापन खाेलिएकाे चर्चा चलेकाे छ । यश बिषयमा उपकुलपति अम्मराज जाेशी संग ९८५११२२८९६ मा फाेन सम्पर्क गर्दा र कुरा गर्न चाहेकाे बिषय समेत राखेर म्यासेज गर्दा समेत उहाले कुरा गर्न चाहनु भएन । यस्ता छन बिज्ञापन 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>