आज ( शनिबार ) कञ्चनपुर उद्योग वाणिज्य संघमाे निर्वाचन सुरु भएकाे छ । वाणिज्य संघको १७ औँ कार्यकारणी सभा समिति चयनका लागि निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्धारित समयमै मतदान सम्हुपन्नेन हुनेछ ।
सदस्य, संस्थापक सदस्य, केही पदाधिकारी बाहेक तीन पदमा निर्वाचन हुनेछ ।
अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती हुन नसकेपछि निर्वाचन हुन लागेको हो । पुर्व अध्यक्ष समेत भईसकेका गणेश दत्त जोशी र निर्वतमान बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी दुई प्यानल विच चुनाव हुने छ ।
पिताम्बर जोशी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश रावल, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी यस अघि नै निर्बिरोध निर्वाचित भईसकेका छन । संस्थागत सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुडा मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका थिए ।
सात सदस्यका लागि २१ सदस्यले उम्मेदवारी दर्ता गराएका थिए । वाणिज्य संघको विद्यान अनुरुप साधारण सभामा अनुपस्थित भएकाको स्वत उम्मेदवारी रद्द भएपछि प्रदिप पाल, विशाल सोनार, भोजराज अवस्थी, प्रेम प्रकास पाठक मिनराज भट्ट(मनोज), नरेन्द्र प्रशाद जोशी, गोपाल बुढापाल निर्विरोध चयन भएका थिए ।
पिताम्बर जोशी र गणेश दत्त जोशीले निर्वाचित भएका सदस्य आ–आफ्नो प्यानलमा खुलेको दावि गरेका छन । तर शनिबार पिताम्बर प्यानलले गरेको पत्रकार सम्मेलनमा सदस्यमा निर्बिरोध निर्वाचित भएका प्रदिप पाल, विशाल सोनार र गोपाल बुढापाल सहितका सदस्य पिताम्बर जोशीतिरै खुलेका छन । मुख्य निर्वाचन अधिकृत कार्यालय अनुसार अध्यक्षका लागि पिताम्बर जोशी र गणेश दत्त जोशी सहित वाणिज्य उपाध्यक्षमा बाशुदेब जोशी(बिनोद), धर्मसिह रावल, महासचिवका लागि खगेश्वर बोहरा, निर्मला भट्ट(सापकोटा)विच प्रतिस्पर्धा हुने छ ।
दुवै प्यानलविच कडा टक्कर हुने अनुमान गरिएको छ । निर्वाचनमा अब अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव ३ पदका लागि मात्रै निर्वाचन हुनेछ । तीनै पदाधिकारीले आ–आफ्नो एजेण्डा अघि सारेर मतदाता व्यवसायी आफ्नो पक्षमा पारिरहेका छन ।
अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा पनि सहमतीका लागि प्रयास भएपनि सहमती नजुटेपछि अन्तत निर्वाचन हुने भएको छ । झण्डै ३ हजार बढि मतदाता व्यवसायीले आफ्नो नेता छान्नेछन । दुवै प्यानल यतिबेला आ–आफ्नो व्यवसायिक एजेण्डा लिएर मतदाता फकाउन जुटेका छन । मतदान सकिएलगत्तै मत गणना हुनेछ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया