Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ असार २७ गते सोमबार

बालबालिकाहरूको स्वास्थ्य र पोषणको अवस्था अनुगमन गर्न  शिक्षकहरूलाई अभिमुखीकरण

कैलाली, बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत  सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । 
सरकारले लागु गरेको विद्यालयमा बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण र पोषण कार्यक्रम अनुसार शैक्षिक सत्रको सुरुवातसँगै बालबालिकाहरूको स्वास्थ्य र पोषणको अवस्था अनुगमनका गर्न प्रारम्भिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न शिक्षकहरूलाई यहि असार १९ गतेदेखि २४ गते सम्म अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

बाल कल्याण सङ्घ टीकापुरले बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना टीकापुर नगरपालिकाका ४ वटा वडा  भजनी नगरपालिकाको ७ वटा वडा, घोडाघोडी नगरपालिकामा १० वटा वडा, गौरीगंगा नगरपालिकामा २ वटा वडा र कैलारी गाउँपालिकाको वडा नं. ८ मा कार्यक्रम गरिरहेको छ ।  ति  पालिकामा कार्यक्रम संचालन रहेका वडाका ९५ वटा विद्यालयका स्वास्थ्य शिक्षकहरूको सहभागिता रहेको थियो ।

शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रममा भजनीमा गजेन्द्र चौधरी, घोडाघोडी नगरपालिकामा आशा दाहाल, गौरीगंगा नगरपालिका र कैलारीमा कर्ण विश्वकर्मा तथा टीकापुर नगरपालिकामा बलबहादुर रावल र कमल बहादुर रावलले प्रशिक्षण तथा सहजीकरण गरेका थिए । कार्यक्रमको उद्देश्यका बारेमा बाल कल्याण सङ्घ टीकापुरका बाल स्पोन्सरसिप तथा सहभागिता र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अधिकृत रामलाल चौधरीले जानकारी दिएका थिए ।
घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख गुलिया चौधरीले विद्यालयमा प्रारम्भिक स्वास्थ्य तथा पोषणको अवस्था अनुगमनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न बाल कल्याण सङ्घ टीकापुरले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण अनुकरणीय रहेको बताउँदै आगामी दिनमा बालबालिकाहरूको स्वास्थ्य र समृद्धिका लागि नगरपालिकाको समन्वय साथ रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>