Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २७ गते सोमबार

साउन ४ गते सम्म माेहना पुलकाे बेरियल नहटाए अनिश्चितकालीन धर्ना गर्ने सिमा सराेकार समूह ।
सिमा सराेकार समुहले बेरियल हटाउन भनेकाे ठाउकाे गुगल नक्सा ।

कञ्चनपुरमा नेपाल–भारतको संयुक्त नापी टोलीले स्ट्रीप नक्सा जारी गरेपछि सिमा समस्या झन पेचिलो बन्दै गएको छ ।

सीमाका समस्या उठान र पहलका लागि एमाले कंचनपुरका सचिव पल्लबराज भट्टको नेतृत्वमा अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुर गठन भएको छ । उक्त समुहले कञ्चनपुरमा हुने सीमा विवाद समाधानका लागि पहल गर्दै आएको छ ।

सोमबार उक्त समुहले दक्षिणी क्षेत्रका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत सरोकारवालासँग छलफल कार्यक्रम गरेको छ । बेलौरी नगरपालिका-८ को सभाहलमा भएको कार्यक्रमबाट तीन वटा निर्णय गरिएका छन् ।
सरकारले हुलाकि सडक खण्डमा पर्ने कैलालि कंचनपुर सिमामा ब्यारियल लगाएर कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिकलाई दुःख दिएको संयोजक भट्टको भनाइ छ ।

'सरकारले हुलाकी सडकमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ब्यारियल लगाउँछ,' उनले भने, 'यहाँका नागरिकलाई सवारीसाधनसहित आवतजावत गर्न असहज भएको छ, तत्काल ब्यारियल हटाउनुपर्छ ।'

सरकारलाई ब्यारियल हटाउन दबाब दिने सीमा सरोकार समुहले निर्णय समेत गरेको छ। हुलाकी सडकमा राखिएको ब्यारियललाई डोकेबजार नजिकै रहेको भारतीय सीमामा तत्काल सार्नुपर्ने उक्त समुहको माग छ ।

'साउन ४ गतेसम्म ब्यारियल नहटाए सो ठाउँमा ५ गतेदेखि अनिश्चितकालिन धर्ना र बाटो बन्दका कार्यक्रम गर्ने समुहका संयाेजक भट्टले उल्ले गरेका छन ।

हुलाकी सडक निर्माणमा पनि व्यवसायीले ढिलासुस्ति गरेको पटक पटक म्याद थप्दा पनि काम नगरेकाे र कलुवापुर बेलाैरि सडककाेमा पर्ने निकुन्ज क्षेत्रमा सडक पिच गर्न नदिएकाेमा जनप्रतिनिधिकाे ध्यानाकर्षण गराउने निर्णय गरेकाे भट्टले उल्लेख गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>