Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डाेटी
२०७९ असार २७ गते सोमबार

संसदमा बिचारधिन रहेकाे कर्मचारिमैत्रि निजामति ऐन ल्याउन प्रमलाई बुझाए ज्ञापनपत्र ।

सुदूरपश्चिमका निजामती कर्मचारी संगठनहरुले कर्मचारीमैत्री संघीय निजामती ऐन बनाउनुपर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नेपाल निजामती कर्मचारी संगठनका सुदुरपश्चिम प्रदेश कमिटी महासचिव महादेव जोशीले बताए ।

उनका अनुसार ज्ञापनपत्रमा संघीय संसदमा विचाराधिन रहेको संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न माग गरिएको छ । सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यम निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने उनी बताउँछन् ।
‘सरकारको प्राथमिकतामा नपर्नु गम्भिर चिन्ताको विषय बनेको छ,' उनले भने, 'यस विषयमा निजामती कर्मचारी संगठनहरुले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्ष गराउँदै आएकाे छ।'

सरकारले चालु अधिवेशनबाटै यथाशिघ्र संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनले बताए । चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन जारी नभएमा संघर्षका कार्यक्रम गर्ने उनको भनाई छ ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, राष्ट्रिय कर्मचारी संगठन निजामती र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>