Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २८ गते मङ्गलबार

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ ।

परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।


विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए ।

उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ ।

त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ । उनले आम नेपालीको कपाल जन्मजात रूपमा कि त कालो कि त सेतो हुनसक्ने भन्दै कसैकसैको अपवादका रूपमा हल्का खैरो हुनु स्वाभाविक हुने बताउनुभयो तर मान्छेका स्वरूप नै फरक पर्ने गरी कपाल र अनुहारमा रङ दल्ने र अनेक गरगहना लगाएर अनुहार छोप्न नमिल्ने उनले उल्लेख गरे।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>