Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २८ गते मङ्गलबार

मालिकार्जुन शिखर पुजन जात्रा सुरु, श्रदालुहरु शिखर धुरा चढदै ।

दार्चुलाको शिखरधुरामा आज (मंगलबार) भगवान मालिकार्जुनको पूजन जात्रा सुरु भएको छ ।

यस क्षेत्रको धार्मिक आस्थाको प्रमुख धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न भक्तजनहरु धुरातर्फको कठिन यात्रामा बिहानै बाट धुरा तर्फ चढन सुरु गरेका छन ।

प्रतेक बर्ष जस्तै यश बर्ष पनि मालिकार्जुन गाउँपालिकाले स्थानिय बिदा दिएकाे छ भने, शैल्यशिखर नगरपालिकाका बिद्यालयहरुमा पनि बिद्यालयहरुले बिदा दिएकाे छ ।

शिखर पूजन जात्रामा दार्चुला, बैतडि समेत भारतको उत्तराखण्डका श्रद्धालु पनि पुजन जात्रामा सहभागि भएका छन् । विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडि देखि नै शुद्ध ( सात्विक भाेजन सकभर एक छाक मात्र खाना खाने ) भएर शिखर यात्राको तयारी गरेका हुन्छन ।

शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव पार्वतीको मुख्य बासस्थान रहेको मानिन्छ । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पूजन जात्रा लाग्ने गर्छ ।

मालिकार्जुन गाउँपालिका काे मालिकार्जुन मन्दिर बाट उकालाे पहाड चढदै कठिन भिर र जंगलकाे बाटाे भएर शिखर धुरा पुगिन्छ । शिखर धुरामा रहेकाे टाकुरामा रहेकाे शिवलिङ्ग माथि पुजा परिक्रमा गरेर यात्रा पूरा हुने गर्दछ ।

यात्रामा उकालो चढेपछि तलकाे केहिभागमा सिढिहरुकाे निर्माण गरिएकाे छ भने माेतामाेति भन्ने ठाउमा पुगेपछि सिढि र हातमा बाेकेकाे लठ्ठि समेत छाेडेर माथि उकालाे चढने जनबिश्वास रहेकाे छ ।
त्यसभन्दा माथि पुगेपछि धारिला, सेता ढुङ्गाहरु रहेका हुन्छन भने माथितिर निगाला लगायतकाे जंगल पाईन्छ यश बनमा बाग भालु रहने गरेकाे त्यहाँका स्थानिय बताउछन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>