Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २९ गते बुधबार

खारओदाल खोलामा तटबन्ध निर्माणमा भ्रष्टाचारको बिजारोपण  जालीकाे प्वाल भन्दा साना ढुङ्गा राखेर बजेट कुम्ल्याउने दाउ ।

चालु आर्थिक बर्ष सकिन ४ दिन बाँकी छन । तर, कञ्चनपुरमा आर्थिक बर्षको बजेट सक्ने काम भने रोकिएका छैनन् । आर्थिक बर्षको अन्तिममा आएका योजनाको बजेट सक्न केन्द्रीत हतारहतारमा योजना सम्पन्न गरिरहेको पाईन्छ ।

ठुला नदी नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालय मार्फत कृष्णपुर नगरपालिका १ पहरिया–सुन्दरफाँटाको खारओदाल खोलामा तटबन्ध निर्माणमा बेथिति भएको छ ।
चालु आर्थिक बर्ष सकिने बेला कार्यालयले उपभोक्ता मार्फत काम गर्न लगाएको पाईन्छ । त्यस अघि ठेक्का लगाएको खोलामा ठेक्का नै नलागेपछि उपभोक्ता मार्फत काम गर्न लगाएको कार्यालयले जनाएको जनाएको छ ।

खारखोला ओदाल गाड उपभोक्ता निर्माण समितिसंग कार्यालयले तटबन्ध निर्माणका लागि जेठ २६ गते सम्झौता गरेको पाईन्छ । यो बजेट सक्न हो, की आएको बजेट फिर्ता नहोस भन्ने उदेश्यले कार्यालयको समेत स्वार्थ बाँझिएको पाईन्छ ।
सोही कार्यालयले दोदा नदी सहितमा जिम्मा पाउँदा पाउँदै सिङ्गो दोदा नदीले गाँउ कटानी गर्दा कुनै चिन्ता नगरेको कार्यालयले नेता मार्फत आएको बजेट भन्दै उपभोक्ता मार्फतबाट काम गर्न लगाएको पाईन्छ ।
महाकाली, खुटिया, दोदा र मोहना लगायत नदी नियन्त्रणको जिम्मा पाएको कार्यालयले बर्षको अन्तिममा आएर आएको बजेट सदुपयोग भन्दै उपभोक्ता मार्फत लगाएको काममा बेतिथि मच्चिएको छ ।

खोला किनारमा तटबन्ध निर्माण गर्दा तारजालीको प्वाल भन्दा साना साना ढुङ्गा हालेर गुणस्तहिन तटबन्ध निर्माण गरेको छ ।
तटबन्धनको उदेश्य नदी खोलाको कटानी रोक्दै घर, जमिन बस्तिकाे संरक्षण गर्ने भएपनि उक्त योजनामा तटबन्ध बजेट सक्न केन्द्रीत रहेको भन्दै स्थानीयले बिरोध गरेका छन ।

स्थानीयले तटबन्ध निर्माणमा अनियमितता, आर्थिक लेनदेन, कमिसनको खेल भएकै कारण ठुला परिमाणका ढुङगा राख्नुपर्नेमा सानो राखेर काम काटेको आरोप लगाईरहेका छन ।
प्रत्यक्ष प्राविधिक ईन्जिनियरको राेहबरमा हुने काममा अनियमितता भएको भन्दै स्थानीयले अख्तियारसंग समेत छानबिन गर्न माग अघि सारेका छन । स्थानीयले उक्त तटबन्धको फोटो, भिडियो समाजिक सञ्जाल मार्फत राख्दै अख्तियारको ध्यानाकर्षण गराएका छन ।

असारसम्मै बर्षातकै बेलामा पनि काम गरिरहेको भन्दै उक्त तटबन्ध यही बर्षाले भत्काउने दावि गरिएको छ । गुणस्तहिन योजनामा कार्यालयको समेत मिलोमतो भएकाले छानबिन गरेर दोषि उपर कार्बाही नभए कार्यालय बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । उक्त तटबन्ध निर्माणको गुणस्तरियता बारे संविधान सभा सदस्य कमल क्षेत्रीले भिडियो समाजिक सञ्जालमा पोष्ट गरेपछि संचारकर्मी, प्रशासन, नागरिक समाज सहित अख्तियारको ध्यान केन्द्रीत गरेको छ ।

चालु आर्थिक बर्षमा खाता बन्द भएपनि त्यस अघि २९ लाख ६९ हजार रुपैया पहिलो पेश्की लिएको उपभोक्ता समितिको बाँकी रकम फरफारकमा कर्मचारी खटिएका छन । बर्षातका बेला खोलामा वाढी आएर जाली भित्रकाे ढुङगा बगाउने अवस्थामा निर्माण भएको तटबन्धमा समेत कार्यालय बचाउमा लागेको छ ।

कर्मचारी अभाव, एक पार्टीका नेताले पठाएको योजनामा अर्का पार्टीका नेताले बिरोध गरिरहेको, केही तारजालीमा मात्रै सानो परिमाणको ढुङगा हालिएको, आफुहरु रातदिन खटिएको पत्रकार कुनैपनि निकायले नदेख्ने भन्दै कार्यालयका जिम्मेबार कर्मचारीको गुनासो पोखिरहेका छन । 

जनताको तटबन्ध कार्यालय फिल्ड कार्यालय ७ कञ्चनपुरका सव ईन्जिनियर तथा उक्त तटबन्ध निर्माणका इन्चार्ज कृष्ण भट्टले साना ढुङगा राखेर निर्माण भएको कामको भुक्तानीका लागि सिफारिस नगर्ने बताए । ‘मैले उपभोक्ता समितिसंग प्रत्यक्ष रुपमा सानो ढुङगा नराख्न बारबार भने, तर मानेनन, ‘उनले भने, ‘अब गुणस्तरिय कामको मात्रै भुक्तानीका लागि सिफारिस गछु ।’

आफु त्यही कामको फाईल तयार गरिरहेको बताउदै सव ईन्जिनियर भट्टले साना ढुङगा फेर्न लगाएर गुणस्तरिय काम गर्न लगाउने बताए । उनका अनुुसार केही तारजालीमा मात्रै साना ढुङगा हालिएका छन । उक्त तटबन्ध साईड हेरेका ईन्जिनियर तथा जनताको तटबन्ध फिल्ड कार्यालय ७ कञ्चनपुरका सुचना अधिकारी अरुण कुमार शाहले उक्त खोलामा तटबन्ध निर्माणका लागि टेण्डर आब्हान गर्दा कसैले ठेक्का नहालेको पुन ठेक्का गर्दा समय अभावले उपभोक्ता मार्फत तटबन्ध निर्माण गरिएको बताए ।

वडाबाट सिफारिस गरेर उपभोक्ता मार्फत काम गरिएको बताए । कुल ५७ लाख, ६० हजार बजेटमा २७६ मिटर लम्बाईको तटबन्ध निर्माणका लागि उपभोक्ता समितिलाई २९ लाख, ६९ हजार भुक्तानी गरिएको बताए । केही तारजालीमा साना ढुङगा हालिएको विषयमा स्थलगत अनुगमन गरेर पुन गुणस्तरिय काम गर्न लगाउने बताए ।
सुचना अधिकारी शाहले गुणस्तहिन तटबन्ध आफ्नो कार्यालयको नभई कृष्णपुर पालिकाबाट भएको कामको भएको बताए । ‘हाम्रो कार्यालयले जुन ठाँउमा तटबन्ध निर्माण गरेको छ, त्यही पालिकाले पनि गरेको छ, ‘सुचना अधिकारी शाहले भने हाम्रोमा केही सानो परिमाणको ढुङा हालिएको रहेछ, गुणस्तहिन तटबन्ध पालिकाले निर्माण गरेको हो ।’ खार ओदाल गाड तटबन्ध निर्माण उपभोक्ता समितिकाका अध्यक्ष ईन्द्र बुढाले काम गुणस्तरिय भएको बताए ।

उनले कार्यालयले ४ सय ९५ तारजाली हाल्नुपर्ने स्टेमेट भन्दा बढि ५ सय १८ तारजाली हालेको बताए । ‘केही १०÷१५ जालीमा मात्रै सानो परिमाणका ढुङगा हालिएका छन, ‘उनले भने, ‘अन्य तटबन्ध गुणस्तरिय छन ।’ अरुले चार बर्ष अघि बनाएको तटबन्ध निर्माण र आफुले बनाएको कामको अनुगमन गर्न आग्रह गरेका छन । विपक्षी पार्टीका मान्छेले सानो कमिकमजोरीलाई ठुलो बनाएको बताए ।

उपभोक्ता समितिले यति बेतिथि काम गर्दा कार्यालयबाट खटिने कर्मचारीले तपाईको यो कामको अनुगमन गरेर रोक्नु भएन भन्ने प्रशनमा उनले कार्यालयबाट आउने कर्मचारीलाई वडा सदस्यको घरमा राखेर मौवाको मदिरा र लोकल कुखुरा खुवाएको बताए । तपाईपनि पाहुना बनेर आउँदा मेरै घरमा मदिरा र लोकल खुवाउँछु, ‘उनले भने, ‘काममा तलमाथि गरेको छैन, कसैले कमिसन पनि मागेको छैन, दिने कुरा पनि भएन सबै गरेको कामको पनि तिर्न बाँकी छ ।’ नेताको पहलमा आएको बजेट भन्दै उपभोक्ता समिति र कर्मचारी मिलेर अनियमितता भएको स्थानीयको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुवाङ्गले आर्थिक बर्ष सकिने बेला संस्थागत अनियमितता एव कमिसन जस्ता विषय बारे अध्ययन गरेर दोषि भेटिए कार्बाही गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>