Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २९ गते बुधबार

प्लेनमा चुराेट पिउने उपाध्याय प्रहरी नियन्त्रणमा

बुधबार दिउसाे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज भित्र चुरोट तान्नेका टीकापुरका २९ वर्षीय नारायण उपाध्यायलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ ।

सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा उपाध्यायले चुरोट तानेका हुन् । शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेपछि आकाशमै रहेको जहाजमा तनाव सृजना भएको थियो ।

जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरु आगो लागेको आशंकामा त्रसित भएको प्रत्यक्षदर्शी यात्रुहरुले बताएका छन ।

जहाज धनगढी विमानस्थलमा अवतरण गरेपछि उपाध्यायलाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए ।

उनीबिरुद्ध अभद्र व्यवहारको मुद्धा चलाउने तयारी भएको र काठमाडौंस्थित बिमानस्थलका सुरक्षाकर्मीको लापरवाही देखिए उनीहरुमाथि पनि विभागिय कारवाही हुने उनको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>