Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
बाजुरा
२०७९ असार ३० गते बिहिबार

अम्काेट पहिराेले बाजुरा जाेड्ने सडक अबरुद्ध यात्रु मारमा ।

लगातार पानी परि रहेकाे र बुधबार राति थप पानी परेपछि बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँ–ठाउँमा पहिरो गएपछि सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको हो ।

अम्कोटको पहिरोले थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सूर्य थापाले तलबाट सडक भासिन र माथिबाट ढुंगा खस्न थालेपछि सडक अवरुद्ध बनेको जानकारी दिए ।

पत्रकार निमेन्द्र शाहिका अनुसार राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो खस्ने क्रम जारी छ ।

हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

स्थानीय बासिन्दाले सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भइरहेको गुनासो समेत गरेका छन् । बाजुरा देखि प्रदेश र आवश्यक काम परि बिदामा घर जाने कर्मचारि समेत समस्यामा परेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>