Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३० गते बिहिबार

कर्मचारि बिनाकाे पर्यटक हेल्पडेस्क उद्घाटन भयाे गड्डाचाैकिमा


नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । पश्चिमी नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो । 

प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय र होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

उक्त हेल्प डेस्कमा पर्यटक सम्बन्धि ज्ञान भएकाे कुनै मानिसकाे ब्यावस्था सरकारले गरेकाे छैन । बिगतमा १८ बर्ष अगाडि देखि  गड्डाचाैकिमा पर्यटन वाेर्डकाे कार्यालय रहेकाेमा काेभिडकाे बाहनामा २ बर्ष अगाडि उक्त कार्यालय हटाएर अहिले सम्म कुनै कार्यालय वा कर्मचारिकाे ब्यावस्था गर्न सकेकाे छैन ।

यस्ताे अवस्थामा यहाँका हाेटल ब्यावसायी समेत निजि क्षेत्रले केही नहुनु भन्दा सरकारले सानाेतिनाे बस्ने ठाउँ भएपनि बनाईदेओस भन्ने चाहना राखेर पहल गर्दा प्रदेश सरकार अन्तर्गतकाे प्रदेश प्रर्यटन बिकास कार्यान्वयन ईकाइले हेल्प डेस्क हुनेगरि एउटा डेस्क निर्माण गरेकाे छ ।

बिकास कार्यन्वयन ईकाईका भाेजराज पाठकका अनुसार बजेट अनुसार यत्ति काम गरेकाे हाे, निजि क्षेत्रले सावन महिना देखि कर्मचारि ब्यावस्था गर्ने र अहिले ट्राफिक संग पाेष्ट पनि नभएकाेले ट्राफिक बस्ने उनैले पर्यटक लाई सहयाेग गर्ने बताए ।

हाेटल ब्यावसायि संघका अध्यक्ष जगदिश चन्द्र भट्ट का अनुसार अहिले ट्राफिक प्रहरिले पनि सहयाेग गरिदिने, हामी आफुपनि हप्तामा एकपटक भएपनि बस्ने, डिजिटल सुचना बाेर्ड राख्ने साेचमा पनि रहेका छउ । अहिले लाई सुचना का ब्राेसर, पर्चा र केही दुरि संकेत हेल्प डेस्कमा राखेकाे बताउछन । उनले आफुहरु संग बजेटकाे अभाव रहेकाे छ नभए कर्मचारि तालिम दिएर राख्न सकिन्छ यस्का लागि सरकारले बजेट ब्यावस्थापन गरिदिए हुने मनसाय ब्याक्त गरेका छन ।

ट्राफिक प्रहरी निरिक्षक उमेश चन्दले ट्राफिक पाेष्ट पनि जिर्ण रहेकाे अवस्थामा हेल्प डेस्क संगै ट्राफिक लाई काम गर्न सहज हुने र ट्राफिकले पर्यटकलाई जानेकाे बिषय सहयाेग गर्ने बताएका छन ।

पर्यटन बाेर्ड गड्डाचाैकिमा करिव १६ बर्ष काम गरेका थानेश्वर लेखक सरकारले हेल्प डेस्कमा एकजना कर्मचारि ब्यवस्थापन किन गर्न सकेन, संघिय सरकारकाे माथहतकाे पर्यटन बाेर्ड, प्रदेश सरकारकाे पर्यटन बिकास कार्यान्वयन ईकाई र स्थानिय सरकार समेत गरेर पनि कर्मचारि राख्न सक्दैन निजि क्षेत्र र ट्राफिक प्रहरिकाे भरमा चल्नु पर्ने अवस्था आएकाे हाे भनेर प्रश्न गर्छन ।
ट्राफिक प्रहरिले सडकमा चल्ने यातायात ब्यावस्थानपनमा प्रयासरत रहदा रहदै पनि दिनानु दिन दुर्घटना बढ्दा छन, अबैध गाडिहरु चलेका छन तिनलाइ नियन्त्रण गर्न सकेकाे छैन भने ट्राफिकले हेल्प डेस्क पनि सम्हाल्न सक्दछ भन्ने पश्न कतिपयले खडा गरेका छन ।

कार्यक्रममा प्रदेशका मन्त्री मान बहादुर धामि,भीमदत्त नगरका मेयर पदम बोगटी, कंचनपुर उद्याेग बाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशी, दूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रविन धिताल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>