Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असार ३० गते बिहिबार

धाैलिगंगाकाे ढाेका खाेलिने महाकालि किनारका बासिन्दा लाई सतर्क रहन दार्चुला शासनकाे आग्रह
धाैलिगंगा बाध

महाकाली नदीमा भोलि (शुक्रबार) जलस्तर बढ्ने भएको छ । उत्तराखण्डको धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेशनमा सरसफाई र शिल्ट फ्लसिङ् गर्न बाधका ढोका खोलिने भएको छ । यसले नदीमा जलस्तर बढ्नसक्ने भन्दै तटीय क्षेत्रका स्थानीयलाई प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।

एनएचपीसी लिमिटेड धारचुलाका अनुसार असार ३१ गते बिहान ५ देखि बेलुका ८ बजेसम्म शिल्ट फ्लसिङ र सरसफाइ गरिने छ । व्याँस गाउँपालिका- ५ धौलाकोट देखि मालिकार्जुन  गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

भारतले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइँ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सूचना गराउन थालेपछि सतर्कता अपनाउन सजिलो भएको छ ।

बाँधको पानीले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले आयोजनाद्धारा प्राप्त पूर्व सुचनाको आधारमा नदी किनारका बासिन्दालाई समयमै सतर्क गराउन सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

ढाेका खुले पछि महाकालि नदिकाे क्रमश दार्चुला, बैतडि, डडेल्धुरा र कंचनपुर सम्म पनि पानिकाे जलस्तर बढन सक्ने छ । याे प्राेजेक्ट बाट करिव २ सय ८० मेगावाट बिधुत उत्पादन गर्नुे गर्दछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>