Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ असार ३० गते बिहिबार

धाैलिगंगाकाे ढाेका खाेलिने महाकालि किनारका बासिन्दा लाई सतर्क रहन दार्चुला शासनकाे आग्रह
धाैलिगंगा बाध

महाकाली नदीमा भोलि (शुक्रबार) जलस्तर बढ्ने भएको छ । उत्तराखण्डको धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेशनमा सरसफाई र शिल्ट फ्लसिङ् गर्न बाधका ढोका खोलिने भएको छ । यसले नदीमा जलस्तर बढ्नसक्ने भन्दै तटीय क्षेत्रका स्थानीयलाई प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।

एनएचपीसी लिमिटेड धारचुलाका अनुसार असार ३१ गते बिहान ५ देखि बेलुका ८ बजेसम्म शिल्ट फ्लसिङ र सरसफाइ गरिने छ । व्याँस गाउँपालिका- ५ धौलाकोट देखि मालिकार्जुन  गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

भारतले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइँ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सूचना गराउन थालेपछि सतर्कता अपनाउन सजिलो भएको छ ।

बाँधको पानीले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले आयोजनाद्धारा प्राप्त पूर्व सुचनाको आधारमा नदी किनारका बासिन्दालाई समयमै सतर्क गराउन सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

ढाेका खुले पछि महाकालि नदिकाे क्रमश दार्चुला, बैतडि, डडेल्धुरा र कंचनपुर सम्म पनि पानिकाे जलस्तर बढन सक्ने छ । याे प्राेजेक्ट बाट करिव २ सय ८० मेगावाट बिधुत उत्पादन गर्नुे गर्दछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>