Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३१ गते शुक्रबार

नागरिक लगानि काेषकाे ब्याजदर परिवर्तन यस्ताे छ दररेट ।

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५  प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । 

त्यसैगरी साउन १ देखि लागू हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान  कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय पनि कोषले गरेको छ । 

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले वीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम सञ्चालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दै आएको छ । 

राष्ट्र सेवक कर्मचारीहरूबाट आगामी वर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।




प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>