Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३२ गते शनिबार

चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शुक्रबार साँझ समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए। उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।

कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमती भएको हो। 

आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्। आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक र सञ्चारपत्र दैनिकका प्रकाशक हुन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>