घरमा सुतेकि महिलाकाे सर्पले डस्दा मृत्यु । बेल्डाँडी गाउँपालिका-२ की एक महिलाको सोमवार बिहान मृत्यु भएको छ ।
राती साढे सात बजेको समयमा ६५ वर्षीया कमलादेवी महर बिष्टलाई सर्पले डसेको र उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका इन्चार्ज प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
मृतक चवन्नी बजार व्यवस्थापन समितिका उपाध्यक्ष गणेश महर बिष्टको आमा हुन् । उनको सेती प्रादेशिक अस्पतालमा बिहान ४:३० बजे मृत्यु भएको थियो । बर्खा लागेसँगै कञ्चनपुरमा सर्पदंशका घटना बढिरहेका छन् । कंचनपुरकाे महाकाली प्रादेशिक अस्पतालमा पनि नियमित सर्पदन्सका बिरामि आउने गरेका छन । यश बर्ष असपतालमा आएका बिरामि सबै निकाे भएर गएका अस्पतालले जनाएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया