मानसिक सन्तुलन बिग्रिएका एक युवाले मंगलबार दिउसो अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई महिलासहित तीन जना घाइते भएका छन् ।
कंचनपुरकाे पुर्नवास नगरपालिका वडा २ अम्रैयाका स्थानीय टेके सार्कीले गाउँमा नांगो खुकुरी नचाउन थालेपछि उनलाई नियन्त्रण गर्न गएका ३८ वर्षीया मधु महता, ४५ वर्षीया धनचरा रावत र ४७ वर्षीय बिरसिंह राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
सार्कीलाई अम्रैयाको झोलुंगे पुलबाट नियन्त्रणमा लिएको र उनले आफैमाथि पनि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घाईते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ । उनीहरुको उपचार भइरहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया