Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ साउन ०६ गते शुक्रबार

वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष प्रावधानको प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको परेको संसोधन प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए । भीम रावल, लालबाबु पण्डित, शेरबहादुर तामाङ, झपड रावल, देव गुरुङ, दुर्गा पौडेल, प्रेम सुवाल लगायतका सांसदहरुको प्रस्ताव अस्वीकृत भएको हो ।

सांसद झपड रावलले सो विधेयकलाई पुनः राज्यव्यवस्था समितिमा लगेर छलफल गराउन आग्रह गरेका छन् । यता संसोधन प्रस्ताव राखेका सत्तापक्षका सांसदहरुले भने आफ्नो संसोधन प्रस्ताव फिर्ता लिएका छन् उनीहरुले गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अंगीकृत नागरिकताको समयसीमाको विषयमा हलो अड्काउँदा धेरै मानिस नागरिकता लिनबाट बञ्चित हुने बताएको र त्यसबारेमा पछि छलफल गर्न सकिने भनाइलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>