Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन ०७ गते शनिबार

स्थानिय तहको शुसासन र समृद्धीका लागि सरोकारवालासंग छलफल

स्थानित तहहरुको क्षमता अभिबृद्धि संगै शुसासन र आर्थिक समृद्धिका लागि गाउपालिका महासंघले सरोकारवालाहरुसंग छलफल गरेको छ ।

स्थानिय तहहरुको ५ बर्षे कार्यकालको समिक्षा गर्दै गैरै सरकारी संस्था, नागरिक समाज, सामुदायिक संस्था ,सहकारी र निजी क्षेत्रको आपसि सहकार्य र समन्वयको माध्यमबाट मात्र स्थानिय सरकारले सोचेअनुरुपको उपलब्धी हासिल गर्न सकिने गाउपालिका महासंघको ठहर रहेको छ ।

सरोकारवाला संघ संस्था र आम नागरिकको सहभागितामा योजना बजेट साथै निती कार्याक्रमहरु निर्माण गरेर तिनको सफल कार्यान्वयन गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गाउपालिका महासंघले २ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । गाउपालिका महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गादत्त ओझाले बिपन्न बर्ग, लक्षित बर्ग र दुर्गम ठाउका बासिन्दालाइ लक्षित गरेर कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

संघ संस्थाहरुले पनि अव क्षमता अभिबृद्धिका कार्यक्रमहरु भन्दा पनि आयआर्जनका कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाको भनाइ रहेको छ । कार्यक्रममा गाउपालिका महासंघका श्रोत व्यक्ति भरत पोख्रेलले स्थानिय सरकार र बिभिन्न सरोकारवाला संघ संस्थाको सहकार्यमा आर्थिक समृद्धि विकास र भ्रष्टाचार निवारण कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अथिति पशुपतीनाथ झा ले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो भने अधिबक्ता झंकर कुवरले कानुनी आधार र स्थानिय सरकार संचालनका लागि भएका कानूनी व्यवस्थाहरुका बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा बिभिन्न गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष गैर सरकारी संस्था महासंघ लगायतका बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>