Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
मसुरिया
घनश्याम पाैडेल
२०७९ साउन १४ गते शनिबार

गौरीगंगामा बालबालिका लक्षित अर्धवार्षिक कार्ययोजना तयार

गौरीगंगा नगरपालिकामा बालबालिका सम्बन्धी अर्धवार्षिक कार्ययोजना तय गरिएको छ । बाल अधिकार समितीलाई बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धि क्षमता विकास अन्तर्गत  अर्धवार्षिक कार्ययोजना निर्माण गरिएको हो ।
स्थानीय बाल अधिकार समिति गौरीगंगा नगरपालिकाले बाल मैत्री नगरपालिका बनाउन चालु वर्षको लागि बालबालिकाको क्षेत्रमा १२ वटा कार्यक्रम गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत विद्यालय तहमा लागुपदार्थ दुर्व्यसन र विधुतीय अपराध बारे अन्तरक्रिया गर्ने, वडा स्तरीय बाल संजाल र बाल अधिकार समिति गठन गर्ने, जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन तथा अभिलेखिकरण गर्ने, बालविवाह अन्त्य गर्न रणनीति निर्माण गर्ने, बालबालिका विरुद्धका हानिकारक अभ्यास विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने, बाल कल्याण अधिकारी तोक्ने तथा बाल कोष संचालन कार्यविधि निर्माण गर्ने, बाल अधिकारको कानुनी व्यवस्था बारे बालबालिका र अभिभावकलाई सचेतना गर्ने साथै किशोरीहरुलाई उत्प्रेरणा सहित आत्मरक्षा तालिम प्रदान गर्ने रहेका छन् ।
स्थानीय बाल अधिकार समिति गौरीगंगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बालकल्याण संघ टिकापुर र वल्ड भिजनको सहयोगमा गौरीगंगा नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको थियो ।
स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण श्याम राज घिमिरे र शुसील गिरीले गरेका थिए । कार्यक्रमको व्यवस्थापन बालकल्याण संघका सामाजिक परिचालक प्रेम चौधरीले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>