Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ साउन १६ गते सोमबार

माओवादि बाट वडा अध्यक्ष जितेका महराले आफ्नाे पारिश्रमिक बाट बिध्यालयका बालबालिका लागि किने राईटिङ्ग ट्याब्लेट ।

वडा अध्यक्षले पाउने पारिश्रमिक बाट बिध्यार्थि लाई किने राईटिङ्ग ट्याब्लेट । शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट पाउने पारिश्रमिक खर्चेर सोमबार विद्यार्थीलाई 'एलसिडी राइटिङ ट्याबलेट' वितरण गरेका छन् ।

वडामा रहेको बैजनाथ आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई उनले 'एलसिडी राइटिङ ट्याबलेट' वितरण गरेका
हुन् । असारको पदाधिकारी पारिश्रमिकबापत नगरपालिकाबाट उपलब्ध हुने २२ हजार ५ सय रूपैयाँ खर्चेर महराले विद्यालयको बालविकासमा पढ्दै गरेका ४ र कक्षा १ मा पढदै आएका २६ जना विद्यार्थीलाई ट्याबलेट वितरण गरेको बताए ।

'विद्यालयलाई प्रविधिमैत्री बनाउन ट्याबलेट वितरण गरेका छौं,' उनले भने, 'आधारभूत तहका विद्यार्थीलाई कापीमा लेख्न समस्या हुने र ट्याबलेटमा खेल्दै लेख्दै हुने र लेखनका लागि निकै सहज हुने भएकाले यसको व्यवस्था मिलाएको हुँ।'

युग सुहाउँदो शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै उनले वडामा रहेका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम अगाडि बढाउन लागेको बताए । विद्यालयमा भौतिक पूर्वाधार निर्माण, फर्निचरको व्यवस्था र कम्प्युटर ल्याब निर्माण अगाडि बढाइएको छ ।

‘जनप्रतिनिधले जनताप्रति उत्तरदायी हुनु पर्छ,' उनले भने, 'त्यसका लागि त्याग गर्न सिक्नु पर्छ । जनताको करबाट पाइने पारिश्रमिक जनताकै सामाजिक कार्यका लागि खर्च गर्ने मेरो योजना रहेको छ ।' वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको उनको भनाइ छ ।

स्थानिय तहकाे पहिलाे चुनाव बाट वडा अध्यक्ष निर्वाचित भएका महरा दाेस्राे पटककाे चुनावमा पनि राम्राे मत सहित पुनः बिजयी भएका हुन । उनी नेकपा माओवादि पार्टि बाट उमेदबारि दिएर बिजयी भएका हुन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>