Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १७ गते मङ्गलबार

अर्काे पटक डडेल्धुरा बासिका घर घरमा पुग्ने : ढकाल

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरा बाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल केहिदिन चुनावी भेटघाटपछी डडेल्धुराबाट काठमाडौ फर्किएका छन् । एक हप्ताको बसाईपछि सागर सोमबार डडेल्धुराबाट फर्किएका हुन् ।



डडेल्धुरावासीले पहिलो पटक आउदा सोचेभन्दा राम्रो गरि स्वागत गरेको र स्थानीय जस्तै आफुलाई सम्झिएको बताएका छन् । छोटोसमयमा पुरै गाउँ पुग्न नसकिएपनी प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला, अमरगढी नगरपालिकाका आसपासका क्षेत्र, परशुराम नगरपालिका र आलितालका केही क्षेत्रका जनतालाई भेटर आज महेन्द्रनगर फर्किन लागेको ढकालले बताए ।



पहिलो चरणमा धेरै ठाउँ जान नसकिएपनी अर्को चोटि घरघरमा पुगेर भेटघाट गर्ने बताएका छन् ।

डडेल्धुरा फर्किदा सामाजिक संजालमा सागर ढकालले लेखेका छन्-


“डडेलधुरामा सोचेको भन्दा निकै नै राम्रो स्वागत पायौ , डडेलधुराको पहिलो चरणको  दर्शनको  लागि आएका थियौ तर स्थानिय जस्तै बनाएर छोड्नुभएको छ। धेरै धेरै धन्यवाद! आभारि छौ। सामान्य स्वास्थ्य समस्याका कारण सोचेजति समय बिताउन पाएनौ , सबैलाइ भेट्न नसकेकोमा क्षमा प्रार्थी छौ। अहिले पहिलो पाइला भयो , केहि समयमा सबै घरहरूमा पाइला टेक्ने र  चिया नै खाने गरि आउनेछौ। यो त केवल सुरुवात मात्र हो।  जय उग्रतारा , जय परशराम ,

५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका छन्।
संघीय चुनावमा डडेल्धुराबाट लड्ने भन्दै डडेल्धुरामा चुनावको तयारीमा होमिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>