Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १७ गते मङ्गलबार

जापानमा रहेका डडेल्धुराका युवा मल्लकाे प्रधानमन्त्री देउवा लाई खुला पत्र

डडेल्धुराका युवा समाजसेवी हाल जापानमा रहनु भएका विनय प्रकाश मल्लले प्रधानमन्त्री शेरबहादुर देउवालाई खुल्ला पत्र राजनीतिक सन्यास लिएर नयाँ पुस्तालाई अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले खुल्ला पत्रबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई लेखेका छन्- श्री सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबा ज्यू नमस्कार ।शहर र गाँउका बस्तीहरुमा संघीय निर्वाचन को चर्चा चुलीन थाली सक्यो अब आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा तिर आगमन हुने बेला भएन प्रधानमन्त्री ज्यू ?? बिशाल हृदय भएका जनता भएपछी निर्वाचनमा एक पटक अनुहार देखाए पनि भोटको बर्षा हुँदो नै रहेछ।

निर्वाचन जित्न कुनै अप्ठ्यारो नहुँदो रहेछ। पञ्चायती व्यबस्थाका बिरुद्ध संघर्ष गरेर प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ल्याउनमा योगदान त गर्नु भयो तर खोई कस्तो तन्त्र ल्याउनु भयो कागजमै मात्र सिमीत भयो । जनता लाई त आभाष नै भएन ।

सिंह दरबार र बालुटारमा प्रधानमन्त्रीको फोटो झुण्डाउने काम बाहेक जनताहरुले अरु राम्रा काम हेर्ने अवसर पाउँनु शताब्दीनै कुर्नु पर्ने अवस्था आयो। तपाई लगाएत अन्य शिर्ष नेताले ल्याएको तन्त्रले जनतालाई अधिकार र सुबिधा दिने नाममा सास्ती बाहेक अरु केही दिएको त देखिएन साथै जताततै छोटे राजाहरुको जन्म गराई दिनु भयो र चारै तिर भ्रष्टाचार नै भ्रष्टाचार मौलाएको मात्र देखियो ।

देशमा भएका साना ठुला उद्योग माथी बज्र त प्रहार गर्नु भयो , भयो महाकाली सन्धी र राष्ट्रघाती एम सी सी सम्झौता पास गर्नमा अबिस्मरणीय भुमीका पनि खेल्नु भयो । देश भरी दक्ष र राष्ट्रप्रेम्री योद्धाहरु बनाउनु पर्ने ठाउँमा पार्टीप्रेमी ,कार्यकर्ता र पार्टीका दास मात्र बनाउनु भयो ।

सरकारी कार्यलय ,प्रहरी कार्यलय देखी कलेज ,विद्यालय सम्म राजनीती नै राजनीती छिराएर सबै क्षेत्र ध्वस्त पार्नु भयो । साथै देशभरि बेरोजगारी नै बेरोजगारीको सृजना गराएर लाखौं युवा लाई बिदेशीन बाध्य पारी पठाएको रेमिटान्समा मोज गर्ने परिपाटीको बिकास गर्नु भयो ।

जताततै राजनीतीलाई हाबी बनाई लाखौ युवाहरुको सपना चकनाचुर बनाउँदै बिदेश तिर जानै पर्ने अवस्था सृजना गर्नु भयो । शक्ती र पदका लागी जसको टाउँको मुल्य तोक्नु भयो आज उसै सँग सहकार्य गरेर सरकारको नाईके हुनु भयो ! आखीर तपाई र अन्य शिर्ष नेताहरु तथा नेताहरुले देश र जनताका लागी के गर्नु भयो ?? ३५ वर्ष पहिले देखी पश्चिम सेती निर्माण गरि सुदुरपश्चिमको कायापलट गर्छु भनि भाषण त ठोक्नु भयो तर आफ्नै गाउँ सम्म जाने सडक र स्कुल पनि राम्रो बनाउन सक्नु भएन ।

निर्वाचन त तपाईले पटक पटक जित्नु भयो तर आखीर सिमीत आफ्नै आसे पासे र सिमीत कार्यकर्ता पोस्नु बाहेक अरु केही गर्नु भएन ! त्यसैले आज सम्म जे गर्नु भयो ,भयो प्रधानमन्त्री ज्यू ! तपाईलाई मेरो र सम्पुर्ण देश प्रेमी जनताको हृदय बाट नै अनुरोध छ। तपाई लगाएत अन्य शिर्ष नेताहरु तुरुन्तै राजनितीबाट सन्यास लिनुहोस् ! अनी आफ्नो निर्वाचन क्षेत्रबाट दक्ष र योग्य युवालाई राजनितीमा उदयमान हुने बाटो खोली नबयुवा तथा नयाँ पुस्तालाई देशको बागडोर समाल्ने मौका दिनुहोस् ! देश लाई मुक्ती दिनुहोस् ! अनी तपाई र शिर्ष नेताहरु आरामका साथ धर्मकर्म गरि आराम दायी जिवन बिताउनु होस् ।

यदी ढल्किदो उमेरमा कुनै लोप लालच नगरि तपाई र शिर्ष नेताहरुले यती मात्र गर्नु भयो भने पनि नेपाली जनताले तपाईहरुलाई सधैं सम्झने छन् र मान सम्मान गर्ने नै छन्। अवसर नगुमनुहोस् भन्दै बिदा हुन्छु हस् धन्यवाद ! (युवा समाजसेवी बिनय प्रकाश मल्ल)

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>